क्रिकेट क्रेज, विश्वकप र विडम्बना

सम्पादकीय

खेल जुनसुकै विधाको होस्, त्यो हर मानिसको जीवनमा महत्वपूर्ण छ नै, यो समाज र देशका लागि पनि उत्तिकै महत्वपूर्ण र प्रतिष्ठाको विषय बन्ने गरेको छ । खेल यसकारण पनि महत्वपूर्ण छ कि यसले हर जो कोहीलाई नियमित खेलबाट स्वस्थ जीवन बाँच्न मद्धत गर्दछ । यति मात्र होइन, खेलले कुनै व्यक्ति, समूह, समाज र सिंगो देशकै परिचय र पहिचान पृथक बनाउन टेवा पु¥याउँछ । यसको उदाहरणको रुपमा ब्राजिल अर्जेन्टिना लगायतका देशहरु फुटबल खेलले विश्वभर चिनिएका मात्र छैनन्, खेल मार्फत नै सिंगो देशको अर्थतन्त्रलाई चलायमान पनि बनाइरहेका छन् । क्रिकेटमा भारत, अष्ट्रेलिया जस्ता देशहरु विश्व समुदाय माझ कहलिएका छन् । यसले के संकेत गर्छ भने खेलको राम्रो बातावरण, व्यवस्थापन र विकास गर्न सके त्यसले सिंगो देशको परिवर्तनमा अभुतपूर्व परिवर्तन ल्याउने सामथ्र्य राख्दछ ।

नेपालले पनि पछिल्लो एक दशकमा विशेषतः क्रिकेट र फुटबलमा उल्लेख्य सफलता हासिल गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत नेपाली क्रिकेट टिमले आफ्नो उपस्थिति अब्बल बनाएको छ । ओमनको मस्कट स्थित रंगशालामा आयोजित आइसीसी टी २० विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा उत्कृष्ट प्रर्दशन ग¥यो । तर, युएइसँगको सेमीफाइनलमा नेपालको प्रदर्शन फितलो रह्यो । सिंगो देश एक दशक अघिको विश्वकप छनोटको त्यो गौरवमय जितको क्षणको प्रतिक्षामा थियो । नेपाली क्रिकेट टिमको सफलताका लागि खेलप्रेमीले दिनभर सफलताको कामना गरिरहे । बिडम्बना नेपालले महत्वपूर्ण खेलमा आफ्नो अब्बल प्रदर्शनको निरन्तरता कायम गर्न सकेन । र नेपाली टिमको जितको प्रतिक्षामा बसेका आम दर्शक निराश बने ।

उसो त खेलमा हार जित हुनु सामान्य कुरा हो । तर, यो हार सँगै नेपाल र नेपाली निराश हुने मात्र होइन । हारका पछाडिका कारण खेल मैदानको खेल मात्र होइन, खेलको अवस्था, पूर्वाधार, राज्यको लगानी, खेलाडीहरुको भविष्य सुरक्षा सुनिश्चितता लगायतका विषय पनि हेर्नुपर्छ । पछिल्लो समय क्यानका कारण सिर्जित विवादले समस्या पैदा ग¥यो । यही विवाद र िसीमित स्रोत साधनका बाबजुद पनि नेपाली क्रिकेटमा खेलाडीहरुले गरेको प्रदर्शन प्रशंसनीय छ । जिते पछि हाइहाई गर्ने र हारे पछि खेलाडीको नामै किटेर निरुत्साहित हुने गरी सामाजिक सञ्जालमा तथानाम गाली गर्ने प्रवृत्ति छ । आन्तरिह होस् या अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कहिले कुनै एक, दुई खेलाडीका कारणले जित्ने पनि हुन्छ र हार्ने पनि हुन्छ । जित र हारमा सिंगो टिमलाई जस अपजस दिने परिपाटीको विकास गर्न जरुरी छ । अहिलेको पराजयबाट पाठ सिकेर भोलिको प्रतिस्पर्धा र अब्बल प्रदर्शनका लागि सरकार र क्यानले सहयोग, समन्वय र सहजीकरण गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *