बलात्कार ‘फेक’ कि प्रलोभन र धम्की ?

सम्पादकीय
बलात्कार कसैलाई जबरजस्ती रुपमा यौन सम्पर्क दुव्र्यवहार गरिनु हो । यसका लागि नेपालमा कडा खालको कानुनी व्यवस्था पनि छ । यदि अदालतबाट बलात्कार ठहरे घटनाको प्रकृतिका आधारमा वर्षौ सम्म जेल सजाँय हुने व्यवस्था छ । कति बलात्कारमा सम्लग्न रहेको अभियोगमा जेल जीवन व्यतित गरिरहेका पनि छन् । तर, कति घटना यस्ता पनि छन्, जो बलात्कारको षड्यन्त्रमूलक योजना (फेक) आरोपमा पनि सजाय भोगिरहेका छन् । कति चाहीँ वास्तविक घटनाहरु नै हुन्, यद्यपि सत्ता, शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनमा सम्बन्धित पीडित र परिवारले मुद्धा अघि बढाइए पछि होइन भनिदिने र मुद्धा फिर्ता लिने प्रवृत्ति पनि बढ्दो छ । यसले जबरजस्ती करणी, बलात्कारका घटनालाई आम नागरिक र सरोकारवालाले पहिले संवेदनशील हिसाबले हेर्ने दृष्टिकोणमा उल्लेख्य बदलाव ल्याइदिएको छ । यो सोचनीय, जरुर समिक्षा, बहसको विषय पनि हो ।

बलात्कारलाई नेपाली समाजमा पछिल्लो समय मन मिले चमात्कार, नमिले बलात्कार भन्ने गरिएको कथन चर्चित छ । कतिपय सवालमा यस्तो देखिन्छ पनि । यसकै कारण साँच्चिकै बलात्कार भएकाहरुको पीडालाई सामान्य आँकलन गर्न कदापि न्यायोचित हुँदैन । आर्थिकदेखि बिहेवारी र अरु थुप्रै प्रलोभन र बाहनामा नेपाली दिदीबहिनीहरु माथि हुने बलात्कार रोकिनु पर्छ । बलात्कारका सन्दर्भमा अभिनेता पल शाह र एक नाबालिग गायिकाको विषयले पनि धेरैलाई झस्काएको पनि छ, गम्भीर तुल्याएको छ । र हर यात्रा तथा सम्बन्धहरुलाई के कसरी लिने या सम्बन्धहरुमा आउन सक्ने दरार र त्यसले ल्याउने खतराका विषय पनि सोचनीय छ । पल माथि नाबालिग माथि बलात्कारको यति संगीन आरोप लाग्यो कि उनी रातारात नायकबाट खलनायक सावित भएका छन् । र अहिले कारागारमा कैद छन् । यद्यपि, आइतबार मात्र फेरि एउटा सनसनीपूर्ण खबर सार्वजनिक भएको छ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । अदालतमा पुगेर बयान फेरिएको यो नयाँ घटना होइन,यसअघि पनि पटक पटक भएका छन् । यही कुरालाई मध्यनजर गरेर अदालतले उल्टै बलात्कारको फेक आरोप लगाउनेलाई जरिवानादेखि कैद सजायँ सम्मको फैसला सुनाएको नजिर स्थापित छ ।

बलात्कार र त्यस माथि अझ नाबालिग माथिको बलात्कार नेपालमा निकै संवेदनशील आपराधिक घटनाको रुपमा लिइन्छ । त्यही अनुसार मुद्धा अघि बढेको अवस्थामा अहिले एकाएक नाबालिग गायिकाले बयान पुरै फेर्नु बलात्कार र त्यस प्रतिको बिकृत रुप हो । चाहे त्यो सत्य घटना होस् या असत्य । बलात्कार जस्तो संगीन आरोपले नायक पल शाह सिंगो संसार समक्ष बदनाम भइसकेका छन् । आरोपलाई नै फैसला जस्तो ठान्ने नेपाली समाजमा यदि बयान फेरिए झै उनी निर्दोष हुन् र कसैको उक्साहटमा यसो गरिएको हो भने नाबालिग र उक्साउनेलाई अदालतले हदै सम्मको सजाय हुनुपर्छ । होइन र कसैले अनेक धाक, धम्की, रवाफ र प्रलोभनमा बयान फेर्न बाध्य पारिएको हो भने यो पाटोमा पनि अदालतले संवेदनशील रुपले हेर्नुपर्छ । र भोलिका दिनमा बलात्कार जस्तो जघन्य अपराधमा बिकृत पात्र र प्रवृत्ति निरुत्साहित हुने नजिर स्थापित गरिनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *