दुर्व्यवहार विरुद्ध बोल्न पनि डर ?

सम्पादकीय
नेपालमा पछिल्लो समय भिड र भाइरलको आतंकले ग्रसित छ । कुन बेला कुन व्यक्ति कहाँ फस्छ ? या कुन बेला कुन व्यक्ति भाइरल बन्छ ? या कतिबेला कहाँ कुन काण्ड घट्छ ? या नयाँ कुनै विषय आउँछ ? त्यसपछि एकाएक पक्ष र विपक्षमा नेपाली समाज बिभाजित हुन्छ । बिडम्बना चाहीँ के हो भने सत्य, तथ्यको अन्वेषण नगरी सतही र भावनामा बहकिएर एक पक्ष तथानाम गालीगलौज गरेर सर्वाङ्ग बनाउन सक्रिय हुन्छन् भने अर्को पक्ष उसैगरी तर्क,कुतर्क पेश गरेर संरक्षण र बचाउमा लाग्छन् । दुई अतिवादी सोचका कारण सामाजिक सञ्जाल मात्र होइन, पुरै समाज बिभाजित हुने खतरा बढ्दै गएको छ । त्यो कहिले पार्टीका नाममा देखिएको छ भने कहिले जातिका नाममा, कहिले भूगोल क्षेत्रका नाममा देखिएको छ भने कहिले लिंगका नाममा, कहिले धर्मका नाममा देखिएको छ भने कथित ठुलो सानो वर्गका नाममा पक्ष बिपक्ष र बिभाजन देखिएको छ ।

पछिल्लो एक साता कबड्डी चलचित्रकी नायिका मिरुना मगर दुव्र्यवहार र विवादको केन्द्रमा मात्र परेकी छैनन्, एक समूहले सामाजिक सञ्जाल मार्फत तथानाम गाली गलौज र आक्रोशको निशानामा परेकी छिन् । सिभिल मल स्थिल चलचित्र हलमा सिनेमा हेर्न आएका बौद्ध भिक्षु (पोशकमै आएका) फुर्पा तामाङले दर्शकका भिडमा पटक पटक आफ्नो स्तन छोएर दुव्र्यवहार गरेको मिरुनाले बताइनन् मात्र, उनले यही विषयलाई लिएर थप्पड समेत हानिन् । दर्शक दीर्घाका बीचमा आक्रोशित मुद्रामा गाली पनि गरिन् । प्रहरीलाई खबर गरेर पक्राउ समेत गराइन् । यस पश्चात बौद्ध संघ, नेपाल तामाङ घेदुङ लगायतका जातिय संस्थाको अगुवाइमा चाबहिल स्थित सिनेमा हल परिसरमा मिरुना र कबड्डी चलचित्र टिम बिरुद्ध प्रदर्शन गरियो । चलचित्रको पोस्टर जलाइयो, फिल्मका केही सो बन्द गरियो । दुई पक्ष बिचको विवादले उग्र रुप लिन थाले पछि वार्ता गरियो । र आरोपित तामाङले गल्ती स्वीकार गर्दै माफी मागे । नायिका मिरुनाले भाइ सम्झेर माफी दिएको सहमति मात्र सार्वजनिक भयो । मिरुनाले शेर्पालाई दुव्र्यवहार गरे पश्चात व्यक्तिको कमजोरीलाई लिएर गाली गरे र कानुनी प्रक्रिया गरे पनि यसबाट बौद्ध धर्मालम्बी प्रति परेको भावनात्मक चोट प्रति क्षमायाचना गरिन् । यद्यपि, यस विषयमा पक्ष विपक्ष समूह बिच वादविवाद जारी छ ।

अहिले पनि सामाजिक सञ्जाल यही विवादले तरंगित छ । को सही को गलत भन्ने विषयमा बिभाजित छ । भिडमा छुनु या छोइनु सामान्य विषय हो । यसका लागि मिरुनाले आफ्नो दर्शक प्रति आक्रोशित भएर यो हद सम्म जान सक्छिन् ? या बौद्ध भिक्षुको पोशाकमा रहेका बुद्धका अनुयायी तामाङले के त्यस्तो भिडमा नियतवश पटक पटक स्तन समाउने हिम्मत गरेका होलान् ? सोचनीय विषय छ । यद्यपि, प्रहरीले पनि यस विषयमा आवश्यक अनुसन्धान गरिसकेको छ । जिल्ला प्रशासनबाट २ हजार धरौटीमा आरोपित तामाङ रिहा भइसकेका छन् । दुई पक्ष बिच सहमति समेत भएको छ । अब सत्य,तथ्य के हो भन्ने कुरा यिनै विकसित घटनाक्रम र प्रक्रियाबाट पनि पुष्टि हुन्छ । अतः दुव्र्यवहार बिरुद्ध बोलेकै आधारमा मिरुनालाई तथानाम भनेर खेद्ने कुरा अर्को दुव्र्यवहार भोग्नेले आवाज नउठाओस् भन्ने मनोविज्ञान निर्माण गर्नु हो । त्यसैले हर घटना र विषयको गहन अध्ययन, अनुसन्धान पश्चात मात्र प्रतिक्रिया जनाऔ । सतही या भावना या कुनै पार्टी, जाति, धर्म, लिंगका आधारमा कोही पनि पक्ष बिपक्षमा बिभाजित नबनौ । सत्य र न्यायको पक्षमा सबै जुटौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *