अलपत्र निर्णयः समाजवादीको संकट

सम्पादकीय
२०७४ सालको निर्वाचनपछि मुलुकको पहिलो पार्टी बन्यो नेकपा एमाले । दोस्रो शक्तिको रुपमा रहेको एमाले पहिलो पार्टी मात्र बनेन, नेपालको इतिहासमै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार पनि बनाउने अवसर पायो । दुर्भाग्य भन्नुपर्छ, दुई तिहाइको बहुमत प्राप्त सरकार कुनै विपक्षी दलको बिरोध र आन्दोलनबाट होइन, आफ्नै दल भित्रको विवादका कारण पाँच वर्षको जनमत प्राप्त सरकार तीन वर्षकै सेरोफेरोमा बर्हिगमन हुन पुग्यो । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी प्रवृत्तिको बिरोध र विवाद उत्कर्षमा पुगे पछि माधवकुमार नेपाल नेतृत्वमा पार्टी बिभाजन हुन पुग्यो । र नयाँ पार्टी बन्यो नेकपा एकीकृत समाजवादी ।

पार्टी विभाजन पश्चात समाजवादीले विभाजन औचित्य पुष्टि गर्न केही तर्क दलिलहरु पेश गरेको थियो । पार्टी भित्रको एकलौटी, अराजकता, कार्यकर्ताको भावना, बिधि बिधान विपरित पार्टी सञ्चालन लगायतका बुँदा समेटेर आफ्नो पार्टी स्थापना गर्नुपर्ने बाध्यात्मक अवस्था बनेको समाजवादीले स्ष्टोक्ति आयो । तर, पार्टी विभाजन गरेको एक वर्ष पुग नपुग अवस्थामा एकीकृत समाजवादी स्वयंम् पुरानै एमाले पार्टीकै अवस्थामा पुगेको छ । पार्टी भित्र बेथिति, अराजकता, प्रवृत्ति अझ डर लाग्दो ढंगले हुर्किदै गएको सहजै प्रतित हुन्छ । समाजवादी पार्टीको सचिवालय वैठकले हाल बहाल मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय ग¥यो । तर, एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेतालाई पठाउने निर्णय गरेको महिना दिन बित्दा समेत कार्यान्वयन गर्न सकिरहेको छैन । यसले बहालवाला मन्त्रीहरु अस्थिर मानसिकता बीच खुलेर काम गर्न सक्ने अवस्था छैन भने मन्त्रिपरिषद हेरफेर हुँदा मन्त्री बन्ने भनी नाम चर्चामा आएका नेताहरुको अवस्था पनि दोधारपूर्ण छ ।

समाजवादी पार्टी निर्णय गर्ने र तर, कार्यान्वयन गर्न नसक्ने बिडम्बनाबाट ग्रसित छ । मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री शेरवहादुर देउवा अनिच्छुक रहेकाले समस्या भएको चर्चा छ । यदि यसो हो भने समाजवादी पार्टीले यस्तो निर्णय गर्न हुन्थेन । अहिले पार्टीले निर्णय गरिसके पश्चात अब यसको कार्यान्वयन नै अपरिहार्य कुरा हो । यदि यी र यस्ता निर्णय गर्ने तर कार्यान्वयन नगर्ने कुराले पार्टी भित्र अझ थप बेथिति, विकृति र अराजकता सिर्जना हुन्छन् । मन्त्रीबाट हटाए अर्कै पार्टीमा जाने धम्की या भय शीर्ष नेताहरुमा देखिन्छ । मन्त्री हुन लागेकाहरुमा पनि नपाए अरु नै कदम चाल्ने उस्तै चेतावनी सहित दबाब छ । तसर्थ, एमालेमा रहँदा समाजवादीले हिजो जे भनेर पार्टीमा बिरोध, विवाद, आन्दोलन र विभाजन ग¥यो । अहिले तीनै प्रवृत्तिमा ग्रसित रहिरहने हो भने यसले समाजवादीकै भविष्य अप्ठ्यारो संकटमा पर्ने निश्चित प्रायः छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *