बेवास्ताले आउन सक्छः कोरोनाको चौथो लहर


सम्पादकीय/ कोरोना भाइरस (कोभिड १९) नेपाल मात्र होइन, विश्व समुदायमा लामो समय सम्म ठुलो भयावह बनेर आयो । जसले हजारौको ज्यान समेत लियो भने करिब दुई वर्ष सम्म सकसपूर्ण जीवन व्यतित गर्न बाध्य बनायो । मुलुकको अर्थतन्त्र पनि अस्तव्यस्त बनाइदियो । जुन अस्तव्यस्तताबाट आजको दिन सम्म पनि व्यक्ति र देशको अर्थतन्त्र लयमा हिँड्न सकेको छैन । कोभिड १९ ले आय स्तर सम्पन्न भएकाहरु मध्यममा झरे भने मध्यम आयस्तर भएकाहरु न्युन र न्युन आय स्तर भएकाहरु शुन्यतामा झर्ने अवस्था बन्यो । जसका कारणबाट आज पनि अभाबग्रस्त दैनिकीमा जीवन बिताउन बाध्य नेपाली नागरिकको संख्या अधिक छ । यद्यपि, पछिल्लो केही महिना यता कोरोनाको कोलाज केही कम भएको थियो । कोभिडको भयाबह कम हुँदै गए पछि मानिसहरु आफ्नो नियमित दैनिकी र कर्ममा व्यस्त हुन थालेका थिए । यसो भनौ, कोरोना भन्ने क्रमशः बिर्सिदै थिए मानिसहरु । तर, एकाएक फेरि कोभिडको बढ्दो संक्रमणको खबरले मानिसहरु संशकित बन्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर १० प्रतिशतभन्दा बढी छ । यो भनेको नेपालमा चार महिना यता पहिलो पटक कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेको संकेत हो । भलै संक्रमण दर प्रत्येक दिन बढ्दै गए पनि स्वास्थ्य मन्त्रालयले यसलाई चौथो लहर भनेर घोषणा गरेको भने छैन । जनस्वास्थ्यविद्हरू भने कोरोना महामारीको चौथो लहर सुरु भएको दाबी गर्छन् । यस्तो अवस्था आउनुमा कोरोना भाइरसको नयाँ भेरियन्ट या लहरको जन्म मात्र कारक छैन । हाम्रा दैनिक कर्म, स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा गरिएको पूर्णतः बेवास्ता मुख्य रुपमा जिम्मेवार छन् । कोरोना संक्रमण भइहाले या भयावहको रुप लिए मात्र सचेत हुने अन्य अवस्थामा सामान्यकृत गर्ने सोचले संक्रमण दरलाई विगतमा पनि बढावा दियो र अहिले पनि दिन सक्ने जोखिम कायमै छ ।

कुनै पनि भाइरस या रोगलाई सामान्य या खेलाची ठान्ने गम्भिर गल्ती अब गर्नुहुँदैन । जुन प्रवृत्तिकै कारण कैयनले अकालमै ज्यान गुमाउनु परेको छ । सैयनले आफ्ना परिवारका मूल सदस्य, अभिभावक, बुवाआमा र कलिला रहरलाग्दा सन्तान गुमाएका छन् । अहिले कोरोना भाइरसको चौथो लहर महामारीको संकेतको रुपमा देखिएको पनि हुन सक्छ । भारतमा पनि बीए.५ उपप्रजाति संक्रमित धमाधम पुष्टि भइरहेको छ । सीमा नाका हुँदै प्रवेश गरेका नागरिकको परीक्षणमा नेपालमा पनि संक्रामक भनिएको बीए.५ उपप्रजाति देखिइसकेको छ । ले सजग हुनुपर्ने उनको भनाइ छ । यसबाट ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए.५ संक्रमण दर बढ्न सक्ने खतरा बिद्यमान छ । पछिल्ला दिनको संक्रमण ग्राफ पुनः लगातार उकालो लाग्नु खतराको सूचकका रुपमा तीन तहका सरकारले लिनुपर्छ । र सोही अनुरुप जिम्मेवार बन्न सक्नुपर्छ । यसका लागि कोरोना संक्रमण बढ्न नदिन अनिवार्य रूपमा बुस्टर डोज खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने, सरसफाई, सामाजिक दुरीको ख्याल गने कुरामा सबै सचेत र जिम्मेवार बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *