चुतर ‘ठग’, सुस्त सुरक्षाकर्मी

सम्पादकीय
पछिल्लो परिवर्तित व्यवस्थामा पनि सही प्रणालीको संस्थागत विकास नहुँदा समस्या र बेथितिको अहिले पनि चाङ छ । देश भित्रको सरकार, गैरसरकारी निकायमा सत्ता, शक्तिको आडमा हुने सेटिङले योग्य नागरिक रेसबाट बाहिरिएका छन् । सत्ता र शक्तिको आडले चाकडीवाला, नक्कली कागजात बनाएर सेटिङमा काम गर्ने गराउने बिचौलियाको बोलवाला छ । यो देश भित्रको कार्य र सेवा प्रवाहमा मात्र सीमित छैन । यो देशको बेथितिदेखि बाहिर परदेश जाने एयरपोर्टको लाइन सम्म पनि पुगेको छ । र त पटक पटक ठगी, अपराधी, नक्कली कागजातधारी लगायत अनेकन तिकडमले विमानस्थल प्रवेश र पार गरेको खबर समेत आइरहन्छन् । शुक्रबार मात्र भिआइपी कक्षमै एक ठडी मुद्धाका फरार अभियुक्त भेटिएको खबर सार्वजनिक छ ।

दुबईबाट नेपाल आएका सुनसरीका रिजवान आलम भिआइपी कक्षमा थिए । तर, उनी कुनै भिआइपी थिएनन् । बरु गठी मुद्धाका एक अभियुक्त रहेछन् । उनलाई संवैधानिक पदको दुरुपयोग गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्तर्राष्ट्रिय विमानस्थलबाट भगाएको प्रहरी दाबी छ । दुबईको विमानबाट नेपाल मुस्लिम आयोगको निमन्त्रणमा दुबईबाट केही भिआइपी आउँदै थिए । सोही विमानबाट काठमाडौं ओर्लिएका रिजवानलाई अन्सारीले भिआइपीहरूकै समूहमा मिसाएर भिआइपी कक्षमा लगेका थिए । अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेपछि उपस्थित गराइदिन भिआइपी कक्षलाई भन्यो । तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाए । राति अबेरसम्म प्रहरीले रिजवानको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन । उनको पासपोर्ट अध्यागमन कार्यालयमै छ । अध्यागमनको अराइभल छाप नलागी कोही पनि विमानस्थलबाट निस्कन नमिल्ने भए पनि उनी ‘भिआइपी’को संरक्षणमै भिआइपी कक्ष प्रयोग गरेर भाग्नु देशको दुभाग्र्यपूर्ण कुरा हो ।

विमानस्थलकै बाटो अभियुक्त आउने दुस्साहस गर्नु त गम्भिर कुरा हो नै, यसका लागि भिआइपी कक्षको दुरुपयोग, भिआइपी नै मतियार बन्नु अझ गम्भिर कुरा हो । अध्यागमनले अनुमति नदिई विमानस्थलबाट प्रहरीले खोजी गरिरहेको अभियुक्त निर्वाध निस्किनुले हाम्रो सरकारी संयन्त्रहरु कति संवेदनशील र प्रभावकारी छन् ? एक सोचनीय विषय बनेको छ । त्यति मात्रै होइन, विमानस्थलबाट भिआइपीको सहयोगमा निस्किएको अभियुक्तलाई सिधै मेरियट होटल पु¥याइएको भनिएको छ । त्यहाँ रिजवनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली खटियो । तर, रिजवान त्यहाँबाट पनि पक्राउ नपर्नु र भाग्न सफल हुनुले सिंगो सुरक्षा प्रणालीलाई नै चुनौती दिएको छ । यी र यस्ता घटना एक पटक होइन, एकै प्रकृतिका घटना पटक पटक दोहोरिएको छ । अब त सुरक्षा निकाय थप सचेत र संवेदनशील बन्ने कि ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *