मन्त्रीलाई आफ्नै कार्यशैली गलपासो

सम्पादकीय
यो देशको जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री हुनु भनेको धेरैलाई अझ पनि अर्कै ग्रहको अवतारमा उत्रिनु भन्ने भ्रम अधिकलाई भएको भान हुन्छ । खासगरी सत्तामा पुगेका नेताहरु प्राप्त पद, आसन, सुविधा चिरकाल जस्तो गरेर आफ्ना आनीबानी, व्यवहार र कार्यशैली देखाउँछन् । जसका कारण एक पछि अर्को सार्वजनिक पद धारण गरेका मन्त्रीहरु भाइरल हुन्छन्, सर्वत्र आलोचित हुन्छन् । अपरिहार्य गर्नुपर्ने काम नगर्ने तर नगर्नु पर्ने या आम अपेक्षा अनुसार सतही र विवादास्पद कार्य नगरोस् भन्ने काम गरेर स्वंयम् मन्त्री, प्रधानमन्त्रीहरु मात्र बदनामी भएका छैनन्, सिंगो देश बदनाम भएको छ, लामो संघर्ष र बलिदानबाट प्राप्त उन्नत व्यवस्था समेत बदनाम भइरहेको छ ।

पछिल्लो दुई दिन यता पर्यटनमन्त्री जीवनराम श्रेष्ठ सर्वत्र आलोचित र विवादित छन् । उनले सेक्युरिटी गार्ड शेरजंग गुरुङविरुद्ध देखाएको शासकीय सनक कुनै पनि हिसाबले जायज छैन । उल्टै मन्त्री श्रेष्ठले सुरक्षागार्डले नै आफू माथि दुव्र्यवहार गरेको जिकिर मात्र गरेनन्, गृहमन्त्रालय मार्फत उजुरी गरेर सुरक्षागार्डलाई हिरासतमा पु¥याएका छन् । यसले एक मन्त्रीको सनक या आडम्बरले एक डिउटीफुल सुरक्षागार्डले कसरी कति सम्म सजाय पाउन सक्छन् भन्ने प्रष्ट देखिएको छ । पूर्व सूचना बिना पुगेका मन्त्री र उनको टिमलाई सुरक्षागार्डले लाइनमै बसेर सेवा लिन आग्रह गर्नु कुनै अस्वभाविक विषय होइन । उनलाई त कम्पनी र आफ्नो माथिल्लो हाकिमको जे निर्देशन छ, सोही अनुसार आप्mनो जिम्मेवारी बहन गर्ने हो । त्यो भूमिका गुरुङले इमान्दारपूर्वक निर्वाह गर्ने कोसिस गरे । उनले भने अनुरुप नै मन्त्री श्रेष्ठ लाइनमै बसेर सेवा लिएको भए उनको कद घट्ने थिएन, बरु थप हाइहाइ हुन सक्थ्यो । विदेशका ठुला ठुला प्रधानमन्त्री, मन्त्री र नेताहरु पनि लाइनमै बसेर सेवा दिएका दर्जनौ दृष्टान्त छन् ।

अब नागरिक आवाज पूर्णतः सुरक्षागार्ड गुरुङको पक्षमा देखिन थालेको छ । जो अहिले प्रहरी हिरासतमा छन् । थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरिसकिएको छ । गुरुङका परिवारका तर्फबाट श्रीमतिले बन्दी प्रत्यक्षीकरणको मुद्धा दर्ता गरेका छन् । यसले सरकार र स्वयंम् पर्यटनमन्त्री श्रेष्ठ माथि दबाब पैदा भएको छ । पर्यटनमन्त्रीले थुनाएको सुरक्षागार्डलाई छोड्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिइसकेका छन् । कतिपयले त मन्त्रीको राजीनामा समेत मागिरहेका छन् । हुन पनि सुरक्षागार्डले मानवीय कमजोरीबश केही गरेको भए पनि मन्त्रीले संयमितता र नेतृत्व कौशल देखाउन सक्नुपथ्र्यो । जसबाट मन्त्री चुकेनन् मात्रै, उल्टै शासकीय आडम्बर सहित देखाएको रवाफ अझ उदेक लाग्दो छ । अब पनि सार्वजनिक रुपमा आत्मआलोचना सहित मन्त्रीले जनताका माझमा आफूलाई प्रस्तुत गर्न नसक्ने हो भने यसको मूल्य धेरै महँगो पनि पर्न सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *