विश्वकप फुटबलको सन्देश

सम्पादकीय

विश्वकप फुटबलको एक महिना लामो सरगर्मी सकिएको छ । फिफा विश्वकप फुटबल हरेक चार वर्षमा आउने ठुलो खेल उत्सव हो । जहाँ खेलाडी र खेलप्रेमी महिना दिन सम्म खेलको प्रत्यक्ष र टेलिभिजन मार्फत मजा लिन्छन् । यसपटकको विश्वकप अनेकन नयाँ किर्तिमानी रेकर्ड कायम गर्दै सम्पन्न भएको छ । ३६ वर्षको उपाधि खडेरी पश्चात अर्जेन्टिनाले फिफा विश्वकप फुटबल २०२२ को उपाधि चुमेको छ । र सम्भवतः अन्तिम विश्वकप फुटबल खेलेका कप्तान लियोनले मेसीले आफ्नो शानदार इनिङ गरेका छन् । उनी यस विश्वकप फुटबलबाट ब्राजिलियन लिजेण्ड पेले, अर्जेन्टियन म्यारोडोना सँगै एक सर्वकालीन फुटबलरको रुपमा आफूलाई उभ्याएका छन् । उसो त अन्तिम फाइनल खेलमा साविक बिजेता फ्रान्सले उत्कृष्ट प्रदर्शनका बाबजुद उपाधि चुम्नबाट चुक्यो । जुन खेलमा फ्रान्सका केलियन एमबाप्पेले आफुलाई विश्वमै एक अद्भुत खेलाडीको रुपमा उभ्याउन सफल भएका छन् ।

विश्वकप फुटबलको महासंग्राम यस्तो अवसर हो । जसले कैयन खेलाडीलाई रातारात स्टार बनाउँछ त कति खेलाडीलाई एकाएक खलनायकको रुपमा जबरजस्त स्थापित गर्छ । यसपटकको विश्वकपमा समूह चरणबाटै अनपेक्षित र चामत्कारिक नतिजाहरु आइरहे । विश्व फुटबलमा उपाधि दाबेदार मानिएका देशहरु एक पछि अर्को पराजित बने । यद्यपि, अंक तालिकाका आधारमा उनीहरु अन्तिम आठ, सेमीफाइनल, फाइनल यात्रा तय गर्न सफल बने । विश्वकप फुटबलमा सबै भन्दा सुन्दर दृश्य यस समयकै सर्वाधिक चर्चित फुटबलर लियोनल मेसीले विश्वकप फुटबलको जित्न बाँकी एक उपाधि पनि जितेर आफ्नो र देशको नयाँ इतिहास बनाए । उनकै समकालीन प्रतिस्पर्धी र लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकपको आफ्नो अन्तिम खेलमा दुखद विदाईको सामना गर्न पुगे । पोर्चुगल र उनी पराजित हुनु त स्वभाविक विषय हुन्थ्यो होला तर, स्टार खेलाडी खेल जीवनको अन्तिम क्षणमा विश्वकपका दुई खेलमा बेञ्चमा राखिए । जसले रोनाल्डोको देशलाई विश्वकप उपाधि चुमाउने सपना चकनाचुर भयो । मेसी र रोनाल्डोको दशक बढी लामो समय फुटबलको राज अब नयाँ पुस्ताका खेलाडीले लिने थुप्रै सम्भावना र परिदृश्य देखियो । यसको एक ज्वलन्त उदाहरुणका रुपमा फ्रान्सका केलियन एमबापे उदाए । अर्जेन्टिनी खेलाडी एन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडीको रुपमा आए । अरु देशका युवा खेलाडीहरु पनि यसपटकको विश्वकपबाट चम्किए । कति उत्कृष्ट खेल खेलेका खेलाडीहरु भने पेनाल्टी सुट आउटमा चुकेर एकाएक पराजयको कारक र खलनायक सावित भए ।

यसपटकको विश्वकपबाट अनेकन पाठ र सन्देश नेपाल र नेपालीले पनि लिन सक्नुपर्छ । कतार जस्तो देशले यति विशाल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेर इच्छाशक्ति र दृढताको अनुपम उदाहरुण पेश गरेको छ । भलै विश्वकप आयोजनाको पूर्वाधार निर्माणका दौडान कैयन नेपालीले ज्यान गुमाउन बिबश बनेका छन् । राज्य, अर्जेन्टिनाको जितमा खुशियाली मनाउने समर्थक या फ्रान्सको जितमा दुःखी हुने खेलप्रेमीहरु होउन्, खेलले जोड्ने राष्ट्रियता, त्यो भन्दा अझ विशाल भावना त सिंगो विश्वलाई एकीकृत गर्ने सामथ्र्य खेलमा छ भन्ने गहिरो बोध भएको हुनुपर्छ । खेल भन्न साथ जित र हार त स्वभाविक हुन्छ । तर, प्रतियोगिता प्रतिस्पर्धामा कसरी अब्बल हुने ? उपाधि चुम्ने, जित कति कठिन हुन्छ ? हार पनि कति शानदार हुन्छ ? यी र यस्ता अनगिन्ती प्रश्न र सवालको उत्तर खोज्ने हो भने २०२२ को कतार विश्वकपबाट देशले मात्र होइन, व्यक्तिगत जिन्दगीमा पनि उल्लेखनीय सिकाई र सन्देश निःसन्देह प्राप्त हुनेछ ।
ध्चष्तभ तय क्चष् व्बलब

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *