अनलाइनमा अवैध धन्दा, सरकार र सचेतता

सम्पादकीय
पछिल्लो समय प्रविधिको विकास तिव्र छ । यसका नयाँ–नयाँ आयाम भित्रिदो छ । प्रविधिको विकासक्रम सँगै आएका नयाँ–नयाँ पल्याट फर्मको उपयोग हर मानिसका लागि अपरिहार्य जस्तै भइसकेको छ । मोवाइल, फोन, फेसबुक, ट्विटर, इन्स्टा, युट्युव लगायतका सामाजिक सञ्जालको विकास र उपयोग तिब्र छ । यसबाट सिंगो विश्व एउटा गाउँ जस्तो ग्लोबल भिलेज बनिसकेको छ । पहिले पहिले खबर आदान प्रदान गर्न, परदेशिएका सन्तान र आफन्तको अनुहार हेर्न वर्षौ कुर्नुपथ्र्यो । तर, अहिले विश्वका जुनसुकै कुनाकन्दरामा भए पनि फोनमा कुराकानी मात्रै होइन, प्रत्यक्ष देखादेख गरेर टाढा हुँदाको अत्यास मेटाउन पाउने अवसर छ । क्षणक्षणमा साक्षात्कार गरेर एक आपसमा दुःख सुख बाँड्न पाउने सुविधा छ । यसका साथै प्रविधिको विकाससँगै अनेकन बेफाइदा र जोखिम पनि बढ्दै गएको देखिएको छ ।

प्रविधिको व्यापक उपयोग सँगै व्यापार, व्यवसाय पनि प्रविधिमैत्री बनाउनु पर्ने अपरिहार्यता बढ्दै गएको छ । यसबेलामा खराब नियत भएकाहरुले अबैध धन्दा चलाउने र पैसा कमाउने अस्त्र बनाइरहेका छन् । जुन अहिले निकै खतरानक देखिएको छ । प्रविधिका बिभिन्न माध्यम, अनलाइनहरुबाट सयौं जना मानिसहरु ठगिरहेका छन् । त्यसमध्ये सीमित घटनाहरु मात्रै बाहिर सार्वजनिक भएका छन् । त्यस्तो धन्दामा सम्लग्न हुनेहरुलाई निकै कमलाई मात्र कारबाहीको दायरामा ल्याइएको छ । मंगलबार मात्रै अनलाइन मार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुढानिलकन्ठको वडा–२ महादेवखोला, काठमाडौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकहरूले अवैध रूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्स एपमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अनलाइन मार्फत् बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राम र अप्रेशन टिचर नामक च्यानल मार्फत् अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा पारी ठगी गर्दै आएका थिए ।

अहिले विभिन्न देशका नागरिक पनि नेपाललाई केन्द्र बनाएर अनलाइन व्यापार र ठगीमा सक्रिय छन् । भाइबर, ह्वाट्स एप लगायतका सामाजिक सञ्जामा चिठ्ठा परेको भनेरै कयौं जना ठगिसकेका छन् । अहिले चिनियाँहरू नेपालमै सेल्टर बनाएर अनलाइन ठगी गर्ने धन्दामा लागेको खुलेको छ । यो चिनियाको मात्र होइन, अरु देशका नागारिकहरु पनि नेपालीलाई अनेकन बाहना र लोभ देखाएर ठगिरहेका छन् । पहिले विदेशबाट नेपालीहरूलाई ठग्ने गर्थे । अब त नेपालमै सेल्टर बनाएर ठग्न थालेका छन् । यो नेपाल र नेपालीका लागि गम्भिर विषय र घटना हो । नेपाल रहेका यस्ता गिरोह र पक्राउ परेकाहरूको कनेक्सनबारे गहिरो अनुसन्धान हुन जरुरी छ । अरु यस्ता प्रवृत्तिजन्य ठगी र अबैध धन्दाका बारेमा पनि सरकार र यस सम्बद्ध निकायले समयमै यथोचित कदम चाल्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *