रास्वपाले देखाएको राजनैतिक नैतिकता

सम्पादकीय/ नेपालमा अस्थिर राजनीति वर्षौदेखि फैलिँदो छ । पुरानो अस्थिरताको मनोरोग अहिलेको उन्नत भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि उस्तै देखिनु दुर्भाग्यको कुरा हो । र पनि नेपाल तथा नेपालीको नियति यस्तो बनिसकेको छ कि जहाँ राजनैतिकता स्थिरता, विकास र समृद्धि तिब्रतर दिशामा अघि बढेको हेर्न र देख्न दुर्लभ बनिरहेको छ । न त राजनीतिमा नैतिक संस्कार देखिन्छ, न त अरु राज्य संयन्त्रहरुमा सही र संस्थागत प्रणालीको विकास । केबल सत्ता र शक्तिको आडमा सीमित व्यक्तिहरुको बोलवाला आजको व्यवस्थामा पनि निरन्तर देखिन्छ । जसले नयाँ व्यवस्थामा केही आशा लाग्दा पहल र प्रयास हुँदा पनि अनेकन तानाबाना बुनेर असफल र बदनाम बनाउने दुश्प्रयास हुने गरेको छ । नेपालमा गत मंसिरको निर्वाचनबाट चामत्कारिक रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही नियति भोगिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पुराना राजनीतिक दल र नेताहरु प्रतिको तिब्र बितृष्णाका कारण पैदा भएको त अवश्य हो, यस प्रतिको नयाँ आशा र भरोसा पनि उत्तिकै भएको कुरा बिर्सिनु हुँदैन । हुन त विगतमा पनि नयाँ वैकल्पिक शक्तिको रुपमा राजनीतिक दलहरु नआएका होइनन् । विवेकशील पार्टी, नयाँ शक्ति, साझा पार्टी जस्ता फरक सोच र उद्धेश्य बोकेर नेपाली राजनीतिमा आए । तर, जे जसरी आए, त्यसरी नै बिलयको अवस्थामा पुगे । कारण नाम नयाँ दिए पनि काम, पात्र र प्रवृत्ति पुरानै राजनीतिक दल र नेताहरु भन्दा भिन्न भएन । फलस्वरुप नयाँ वैकल्पिक शक्तिको सामथ्र्य, यस प्रतिको नेपाली नागरिकको आशा पनि ख्यालठट्टा बनेर एकाएक पलायन हुने अवस्था पैदा भयो । पछिल्लो वर्षमा संघीय र प्रदेशको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक नतिजा हासिल ग¥यो । चुनाव नतिजाबाट उत्साहजनक नतिजा पछि हौसिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसबिचमा सरकारमा जानेदेखि अरु विवाद र बदनाम हुने कैयन प्रकरणको समेत सामना ग¥यो । यही अनुक्रममै पछिल्लो साता रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले सांसद मन्त्री बनाउन विवादास्पद व्यवसायी दुर्गा प्रसाइलाई दुई करोड रुपैयाँ माग गरेको घटना सार्वजनिक भयो । यो विषयले नेपाली राजनीतिक एकाएकत तरंगित मात्र बनेन, यसले छोटो समयमै नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई चरम बदनाम समेत बनायो ।

आशा लाग्दो पार्टीको रुपमा हेरिएको रास्वपा सांसदको अडियो काण्डले फेरि एकपटक नेपालीलाई निराश बनायो । नयाँ शक्तिको रुपमा उदाएको रास्वपा प्रतिको विश्वास र भरोसामा थुप्रै ह्रास ल्यायो । नयाँ पार्टी भित्र पनि पुरानै राजनीतिक दल र नेताहरुको सरुवा रोग व्याप्त रहेको प्रष्ट भयो । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना राजनीतिक दलहरुले जस्तो आफ्नो विवादास्पद सांसदको संरक्षण र बचाउँ गरेन । बरु अडियो प्रकरणमा अख्तियारदेखि अनुसन्धानमा सघाउने पार्टी सभापति रवि लामिछानेले तत्काल उद्घोष गरे । २४ घण्टे स्पष्टिकरण र ७२ घण्टा अनुसन्धानका लागि पार्टीको तर्फबाट समिति गठन गरेर तत्काल कदम उठाए । घटनामा सम्लग्न भएको खुले पछि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरियो । यो नेपाली राजनीतिमा देखिने नैतिकताको खडेरीलाई केही हद सम्म पुर्ति गरेको छ । भलै भोलिका दिनमा यस पार्टी र नेता, कार्यकर्ताले देखाउने थप व्यवहार, कार्यशैलीले थप आशा, भरोसाको पार्टी बन्ने कि अरु पुराना वैकल्पिक पार्टी जस्तै पलायनको बाटोमा जाने भन्ने कुराको निश्चय पनि समयको पर्दामा उघ्रिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *