आमाको मुख हेर्ने दिन र दायित्व

सम्पादकीय

आमा, एक पवित्र नाता र सम्बोधन । मातृदेव भव अर्थात् आमालाई देवता समान मान । विश्व ब्रह्माण्डमा कुनै एक सबै भन्दा शक्तिशाली शब्द र अर्थ छ भने त्यो आमा नै हो । आमा भन्न साथ जो कोही नतमस्तक हुन्छ । आमाको जति नै गुणगान गाए पनि कमी नै हुन्छ । आमा जसले ९ महिना गर्भमा राखेनन् मात्रै, आफुले अनेकन कष्ट सहेर संसार देखाए, हुर्काए, बढाए, पढाए । आफ्नो खुट्टामा आफै उभिने बनाए । रोइ कराई जे जस्ता मागहरु गरियो, आफु भोकै बसेरै भए पनि त्यो पुरा गरिदिए । यसक्रममा आमाहरुले भोग्नु परेका दुःख, पीडा र तनावहरुको त के हिसाब र ? फलतः आमाको महिमाबारे हजारौ कविता, काव्य, महाकाव्य, खण्डकाव्यहरु लेखिएका छन् र यो कालान्तर सम्म यसरी नै लेखिरहनेछन् । गाइनै रहनेछ आमाको श्रद्धा र सम्मानमा गीतहरु । किनकी आमा प्रति सम्मानका लागि यही एक शब्द नै काफी छ ।

बिहीबार तिनै आमालाई सम्झिने र आर्शिवाद लिने महत्वपूर्ण दिन । मातातिर्थ अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेरेर नेपाली समाजमा मनाइयो । सँगै साथै हुनेहरुले आमालाई मीठा मीठा खानेकुरा र उपहार दिएर श्रद्धा भक्तिसाथ मनाए । जन्म र कर्म दिने आमाहरुबाट शुभाशीर्वाद ग्रहण गरे । आमा दिवंगत भइसकेकाहरुले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई आमा र उनले गरेका महान एवम् कष्टकर कामको सम्झनाका साथ श्रद्धाञ्जली अर्पण गरे । शास्त्रीय परम्परा अनुसार मनाइने यस पर्व नेपालमा मातृ दिवसका रुपमा मनाइने गरिन्छ । छोराछोरीले आमालाई लुगा दिने र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन छ । भौगोलिक रुपमा दुर भएकाहरुले पनि आजको दिन विशेष महत्वका साथ आमालाई फोन गरेर सम्झने गर्छन् ।

माता तिर्थ अर्थात् आमाको मुख हेर्ने दिन, विशेष रुपमा आमाको सम्झना, श्रद्धा र सम्मानका साथ जे जसरी मनाइएको छ । त्यसरी नै हरेक दिन आमाहरुको श्रद्धा र सम्मान गर्ने संस्कारको विकासका लागि यस दिनले महत्वपूर्ण खेलेको हुनुपर्छ । नत्र एक दिन मात्र सम्झने र अरु बाँकी ३६४ दिन पूर्णतः बेवास्ता र तिरस्कार गर्ने सन्तानहरु यो पृथ्वीमा कोही नहुन् । आमाको दुधको धारा र योगदानको प्रति सदा हर सन्तानहरु परिवार, समाज र देशका लागि इमान्दार, बफादार बनौ । कुनै आमाहरु बुढेशकालमा बृद्धाश्रममा गएर बस्न नपर्ने परिस्थिति सिर्जना गरौ । कुनै आमाहरु छोरा, बुहारीको तिरस्कारले सडकमा बेवारिसे बनेको देख्न नपर्ने अवस्था बनाऔ । कुनै आमाहरु बुढेशकाल र बिरामी भएर पानी माग्दा नपाउने दुःखद अवस्थाको अन्त्य गरौ । कुनै आमाहरु लागुपदार्थ, दुव्र्यसनी, अपराधजन्य क्रियाकलापमा सम्लग्न भएका सन्तानहरुबाट प्रताडित बन्ने परिवेश अब रोकौं । यसका लागि सबैले आवश्यक पहल र हातेमालो गरौ । यो न समग्र आमाहरु प्रतिको सच्चा श्रद्धा र सम्मान हुनेछ ।
ध्चष्तभ तय क्चष् व्बलब

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *