पशुपति, जलहरी प्रकरण र भ्रष्टाचार

सम्पादकीय
संविधानतः नेपाल धर्म निरपेक्ष राष्ट्र त घोषित हो । तर, यति हुँदा हुँदै पनि हिन्दु धर्म, धार्मिक आस्था र स्थलका हिसाबले हिन्दु धर्मालम्बी यहाँ अधिक छन् । तिनै हिन्दु धर्मालम्बीका महत्वपूर्ण धार्मिक गन्तव्यहरु छन्, जसमा पशुपतिनाथ मन्दिर नेपालमै सर्वाधिक आकर्षक र उत्कृष्ट गन्तव्य स्थलको रुपमा स्थापित छ । र त अधिकाशं मानिसहरुले आफ्नो पुजा अर्चना, कामनाहरुमा भन्ने गर्छन् पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । यसको अर्थ पशुपतिनाथ प्रति आम मानिसको अझै पनि उच्च धार्मिक भरोसा छ । जसका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत व्यापक प्रचार प्रसार छ ।

पछिल्लो समय त्यही पवित्र पशुपतिनाथ मन्दिरमा गम्भिर प्रश्न र संशय छ । केही घटनाक्रमले पशुपतिनाथ मात्र होइन, समग्र न्यायालय र न्यायधीश प्रतिको विश्वास र भरोसा समेत घट्दै गएको छ । कारण पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ । अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो । अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

पशुपतिनाथ मन्दिर नेपालकै पवित्र धार्मिकल स्थल हो । जहाँ दैनिक हजारौ आस्थावान नेपाली र विदेशीहरु यहाँ पुजाआजा र दर्शनका लागि पुग्छन् । अहिले पनि यो क्रम जारी छ । तर, पछिल्लो समय पशुपतिनाथ जलहरी प्रकरणले चरम विवादमा छ । जलहरी प्रकरणमा निवर्तमान राष्ट्रपति, निवर्तमान प्रधानमन्त्री मुछिएका छन् । यसमा निश्पक्ष छानविनको जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धानले पछिल्लो समय पशुपतिनाथमा भएको जलहरी प्रकरणबारे सुरुवाती कदम थालेको छ । जुन सकरात्मक छ । पशुपतिनाथ विमानस्थल नजिकै भएर मात्र होइन, यस प्रति भारतीय नागरिकको उच्च आस्था र विश्वास पनि छन् । यो अथाह आस्था र विश्वासलाई ठेस पु¥याउने गतिविधि एकपछि अर्को देखा परेको छ । यो सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि सुखद कदम कदापि होइन । त्यसैले अहिले कुनै आग्रह पूर्वाग्रह बिना जो कसैले कदम चाले पनि स्वभाविक र सुखद देखिदैन । अब जतिसक्दो छिटो धार्मिक स्थल पशुपतिनाथमा चढाएको जलहरी प्रकरणबारे व्यापक छ । यसमा सरकारले गम्भिरतापूर्वक खोज, अध्ययन गरेर अख्तियारले दोषिलाई कारबाही अघि बढाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *