संवेदनशील आँखा, प्रकोप र सचेतता

सम्पादकीय
नेपालमा कहिले के, कहिले के अनेकन खालका रोगब्याधी र प्रकोप आउने गरेको छ । जसबाट जनधनको अपुरणीय क्षति पुगिरहेको छ । केही महिना यता पशुमा लम्पी स्किन संक्रमणको भयावह छ । जसबाट हालसम्म देशभर ४८ हजारभन्दा बढी गाई–भैँसी मरेको पशु विभागले जनाएको छ । विभागका अनुसार हालसम्म ११ लाखभन्दा बढी पशुमा संक्रमण भएको छ । अहिले संक्रिय संक्रमित पशुको संख्या एक लाख ८३ हजार छ । पशुमा लम्पी स्किन संक्रमणको देशव्यापी भयावह हुँदै गर्दा मानिसहरुमा आँखा पाक्ने रोगको प्रकोप तिब्र बन्न थालेको छ । यसबाट हजारौ नागरिक प्रभावित भइसकेका छन् । समयमै पूर्ववत रुपमा सचेत नहुने हो भने यो समस्याले देशव्यापी रुपमा भयावहको रुप लिने जोखिम बढेको छ ।

देशभरका आँखा अस्पतालमा आँखा पाकेर आउने बिरामीको भिड छ । यो रोग अहिले विशेषतः तराईका जिल्ला र उपत्यकामा भयावह बन्दै छ । विस्तारै पहाडी क्षेत्रमा पनि फैलिने संकेत देखिएको छ । आँखा पाक्ने रोग फैलिएपछि धमाधम विद्यालय बन्द गर्ने क्रम बढेको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि गण्डकी प्रदेशको पोखरा र तनहुँमा विद्यालय बन्द गरिएको छ । यो प्रदेशका अरु जिल्लामा पनि क्रमशः देखा पर्न थालेको छ । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिन (२२ साउनदेखि २६) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यी विद्यालय दुईदेखि पाँच दिनका लागि बन्द गरिएको छ । अहिले गरिएको बिदा भने हिउँदे बिदाबाट कट्टी गरिने जनाइएको छ । अरु भिडभाड हुने सरकारी कार्यालय, बजारहरुमा पनि उत्तिकै सतर्कता अपाउनु पर्ने देखिएको छ ।

आँखा शरीरकै सबै भन्दा संवेदनशील अंग हो । आँखा स्वस्थ भए मात्र संसार चियाउन, गन्तव्य तर्फ हिँड्न सम्भव र सहज छ । तर, अहिले यही आँखामा संक्रमण बढ्दो छ । यसले देशव्यापी रुपमा भयावहको रुप लिँदैछ । सरकारले प्रकोपको रुप लिँदै फैलिँदै गरेको यी र यस्ता रोगव्याधी नियन्त्रणका लागि समयमै यथोचित कदम चालेको छैने । जसका कारण विगतमा पनि ठुलो क्षति र भयावह बिभिन्न प्रकोप र विपदमा भोग्नुपरेको यथार्थ छ । अहिले पनि आँखा पाक्ने रोगलाई प्रकोपको रुपमा चौतर्फी फैलिन नदिन तीन तहको सरकार बिच यथेष्ट समन्वय र पहल तत्काल हुनु आवश्यक छ । सर्वसाधारण नागरिक पनि रोग संक्रमण भइसके पछि पश्चाताप गर्नु भन्दा अगावै पूर्ववत सचेतता अपनाउन अपरिहार्य छ । विगतमा कोभिड १९ देखि डेँगु लगायतका महामारी र प्रकोप र त्यसले पु¥याएको क्षति र सकसबाट जरुर पाठ सिक्नुपर्छ । अन्यथा, यसले थप क्षति, सकस निम्त्याउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *