क्रिकेटमा हार तर, उज्ज्वल भविष्यको संकेत

सम्पादकीय
नेपाली क्रिकेट पछिल्लो केही वर्षमै उल्लेख्य छलाङ मार्न सफल छ । नेपालले एक पछि अर्को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चरणबद्ध रुपमा प्राप्त गरेको सफलताकै कारण आज एसिया कपमा प्रतिस्पर्धा गर्ने अभुतपूर्व अवसर जु¥यो । विश्व क्रिकेटको नम्बर १ टोली पाकिस्तान, उस्तै सनसनीपूर्ण खेल प्रदर्शन गर्ने भारतसँग एसिया कपको मैदान र टेलिभिजन स्क्रिनमा देख्दा नेपाल र नेपालीले गौरवान्वित महुशुस गरिरहे, स्वतः स्फुर्त ताली बजाइरहे । यो ऐतिहासिक अवसर र क्षणको साक्षी बन्ने सौभाग्य मात्र प्राप्त भएन, यो नेपाल र नेपालीका लागि क्रिकेट खेलमा अहिले सम्मकै ठुलो उपलब्धि हो । सीमित स्रोत साधनका बाबजुद पनि नेपाली क्रिकेट टोलीले जुन यात्रा तय गरेको छ, त्यसले नेपाल र नेपालीको शिर उचो नै बनाएको छ । गर्व र गौरबको बोध गराउन सफल भएको छ ।

पाकिस्तानसँगको पहिलो सुरुवाती खेल सुखद भए पनि खेलको मध्य र अन्तिम तिर पुग्दै गर्दा नेपाली टोली निरिह सावित भयो । नेपालले सुरुवाती बलिङ उत्कृष्ट गरे पनि पछि भने पाकिस्तानी खेलाडि हाबी भए । दोस्रो खेल नेपालले छिमेकी देश भारतसँग खेल्यो । दुईपटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन ग¥यो । भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेर खेल जित्न त सकेन, नयाँ नयाँ भिन्न खेल कौशलका अनुभवहरु सँगाल्ने अवसर पायो । पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेर नेपाल कमजोर नभएको प्रष्ट संकेत र सन्देश दिए । भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरे । पाकिस्तानविरुद्ध धेरै समय टिक्न नसके पनि भारतविरुद्ध जसरी खेल्यो, त्यसले नेपाल राम्रो खेल्न सक्छ भन्ने सन्देश गएको छ । भारतका सिराज र सामीजस्ता बलरलाई जसरी खेल्यौँ त्यसले विश्वका उत्कृष्ट बलरसामु कम छैनौँ भन्ने देखाएको छ ।

नेपाली क्रिकेट टिम एसिया कपमा पुग्नु नै एक शानदार उपलब्धि थियो । यसका साथै विश्व क्रिकेट वरीयताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनु, क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट देशलाई संसारभर चिनाउन पाउनु ऐतिहासिक क्षण र अवसर हो । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्रको रुपमा आइरहेको संकेत पनि गरेको छ । उसो त नेपालले टेस्ट राष्ट्रसँग खेलको यो पाँचौँपटक हो । समूह ‘ए’को अघिल्लो खेलमा पाकिस्तानविरुद्ध खेलेको थियो । यसअघि विश्वकप छनोटमा जिम्बाबे, वेस्टइन्डिज र आयरल्यान्डसँग खेलिसकेको छ । सबै टेस्ट प्रतिद्वन्द्वीसँगका खेलमा नेपालले हारको सामना गरेको थियो । एसिया कपमा पहिलो भएकाले मनस्थिति, परिस्थिति सबै हिसाबले कमजोर देखिन पुग्नु अस्वभाविक विषय होइन । अब अहिलेको शक्ति राष्ट्रसँगको खेल र हारको अनुभवले भोलिका लागि राम्रो सिकाइ भएको छ । खेल हारे पनि नेपाली खेलाडीले मन जितेका छन् । यसबाट खेलाडीले आफुलाई थप अब्बल बनाउनु पर्ने चुनौती त छ नै, यसका साथै नेपाल सरकार, क्रिकेट एसोसियसन लगायतका सरोकारवालाले पनि क्रिकेट खेलको विकास, क्रिकेट खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि ठोस योजना र कार्यक्रम ल्याउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *