बढ्दो महँगी र मार

सम्पादकीय
अब नेपाली समुदायले भव्यताका साथ मनाउने महान पर्वहरुको श्रृखंलाबद्ध आगमन सन्निकट छ । तर, यसपटकको दशैं, तिहार लगायतका ठुला पर्व आर्थिक मन्दीले धेरैका लागि खल्लो बनाउने अवस्था बिद्यमान छ भने तिहार, छठ लगायतका पर्वमा पनि कस्तो रौनकता देखिने छ ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । नियमित मूल्यवृद्धि त छँदै थियो, चाडको मुखमा दैनिक उपभोग्य खाद्यान्न तथा तरकारीको मूल्यवृद्धिको पारो झन् बढेको छ । दिन प्रतिदिन दैनिक उपभोग्य सामग्रीको मुल्य यति महँगिएको छ कि जसले गरिब, विपन्न समुदायहरु दैनिक जीविकाका लागि नै सकसपूर्ण अवस्थामा छन् । बढ्दो महँगी, राजनीतिक अस्थिरता र बेथितिले नागरिकमा चरम निराशा पैदा गरिरहेको छ । यही अवस्था बिद्यमान रहिरहे त्यसले नेपाली समाजमा थुप्रै समस्या, बेथितिहरु अझ बढ्दै जाने प्रष्ट संकेत देखिएको छ ।

२०% भन्दा धेरै नाफा राखेर सामान बिक्री गर्नुलाई कालोबजारी मान्दै कानुनले त्यस्तो गर्नेलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ, तर व्यापारीहरूले तरकारी ११५% सम्म महँगोमा उपभोक्तालाई बेच्दा राज्य मूकदर्शक छ । पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले मूल्यवृद्धि भएको तथ्यांकले नै देखाएको हो । गत १ असारको तुलनामा १ असोजमा चामल, दाल, चिनी, मसलालगायत खाद्यान्नको मूल्य अचाक्ली वृद्धि भएको छ । दुई हजार एक सय रुपैयाँ पर्ने २० किलो बोराको जिरा मसिनो चामल १ असोजमा आउँदा तीन हजार पुगेको छ । बोरामै नौ सय रुपैयाँले वृद्धि भएको हो । यही अवधिमा प्रतिकेजी एक सय ८५ रुपैयाँ पर्ने रहर दाल ५५ रुपैयाँले बढेर दुई सय ४० पुगेको छ । त्यस्तै, चिनी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर एक सय २० रुपैयाँ पुगेको छ । दैनिक भान्सामा प्रयोग हुने जिरा दाना पनि प्रतिकेजी एक हजार ५० बाट दुई सय ५० रुपैयाँले बढेर एक हजार तीन सय पुगेको छ ।

महँगी बदलिँदो अवस्थामा केही घटबढ हुन सक्छन् । तर, कार्यशैलीमा नेताहरुमा तात्विक भिन्नताको अभाव छ । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्री–वितरण गर्नुलाई कालोबजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् । बजार भाउ महँगिँदा आर्थिक मन्दीले थलिएका उपभोक्ताको किनमेल नै पातलिएको छ । यसो त ‘सबै खाद्यान्नको मूल्य पनि साझा रहेको तथ्यांक छ ।’ माग र आपूर्तिको तालमेल नमिल्दा पनि अस्वाभाविक मूल्यवृद्धि भएको छ । नेपालले देश र सौखका विषयमा यो तयार गरिएको छ । यु्र्रथार्थ तर जीवन सुनिश्चितका लागि यही प्रेस अनुरसार काम अघि बढाउने सके त्यसले महंँगी नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *