एमाले, मध्यपहाडी संकल्प यात्रा र परीक्षा

सम्पादकीय
नेकपा एमाले गत निर्वाचनबाट दोस्रो दलमा मात्र सीमित भएन, सत्ताको बागडोर सम्हाल्ने चरणमै पुगे पनि केही समयमै प्रतिपक्षमा सीमित हुन पुग्यो । दुई तिहाई बहुमत प्राप्त गर्दाको ऐतिहासिक अवसरलाई देशको समृद्धिका लागि उपयोग गर्न नसकेको बिडम्बनाको सिकार एमालेले गत निर्वाचनमा भोग्यो । अरु इतरका दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिदा एमाले एकल प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुग्यो । जसका कारण संसदको पहिलो दलबाट दोस्रो दलमा झरेको एमाले आन्तरिक पार्टी बिभाजनदेखि अन्र्तविरोधको थुप्रै उतारचढाव यसबिचमा बेहो¥यो । अहिले पार्टीलाई पुर्नजीवन दिने र समृद्धिको उद्घोष सहित एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित लामो संकल्प यात्रा ग¥यो । जसले नेपाली राजनीति र समाजमा नयाँ तरङ्ग पैदा गरेको छ ।

१४ मंसिरमा झुलाघाटबाट सुरु भएको अभियान चीन र भारतको सिमाना रहेको त्रिदेशीय विन्दु चिवाभञ्ज्याङमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेर १९ दिने यात्रा समापन गरेका छन् । अभियानका क्रममा २२ ठूला जनसभा, विभिन्न जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय दुई दर्जन छलफल र अन्तत्र्रिmया तथा सयौँ स्थानमा स–साना समूहमा जनतासँग प्रत्यक्ष भेटघाट छ । यात्राका क्रममा कम्तीमा ५० लाखभन्दा बढी जनसमुदायमा सन्देश सम्प्रेषित भएको एमाले दाबी छ । अभियानको नेतृत्व गरेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको नेतृत्व कौशलता र क्रियाशीलताको प्रशंसा समेत भइरहेको छ । बुुढ्यौली उमेर र पटक पटक मृगौला प्रत्यारोपणका हिसाबले समेत शारीरिक रुपमा आराम गर्नुपर्ने समयमा समेत ओलीको जुन दृढता, सर्वसाधारणका बिचमा पुग्दा जुन आत्मियता र हार्दिकता देखिएको छ, त्यो सह्रानीय छ ।

नेपाली राजनीति प्रति चरम बितृष्णा र आक्रोश पैदा भइरहेको बेलामा एमालेले जुन मध्यपहाडी केन्द्रित संकल्प यात्रा ग¥यो । यसले सत्ता इतर रहँदा पनि राजनीतिक दल र नेताहरु जनताका बिचमा पुग्ने सेतुको रुपमा काम गरेको छ । अर्को तर्फ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहे पनि लोकमार्गका बागलुङ लगायत केही खण्ड वर्षौदेखि अलपत्र अवस्थामा छ । यसमा सरकारको ध्यानाकर्षण गराउन खेल्ने भूमिका त छँदैछ, पटक पटक आफ्नै नेतृत्वको सरकार हुँदा पनि गर्न नसकेको कामकाबारेमा पनि गम्भिर समीक्षा एमालेले गर्नेछ । यात्राका क्रममा मध्यपहाडी लोकमार्ग ५०० किमि जति छोट्याएर पूर्व–पश्चिम जोड्ने द्रुतमार्गका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको छ । मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १८ सय ७९ किमि छ । यी र यस्ता मुलुकको समृद्धि हुने सवालमा एमालेले सत्ता इतरमा हुँदा मात्र होइन, सत्तामा पुग्दा समेत अब के कस्तो भूमिका खेल्छ ? त्यसको अपेक्षा मात्र हुने छैन, परीक्षा समेत हुनेछ । यदि एमालेले अहिलेको यात्राबाट हासिल गरेका अनुभव, जनताको समस्या, सम्भावनालाई उपलब्धिमा रुपान्तरित गर्न नसक्ने हो भने त्यो केबल कर्मकाण्डमा मात्र सीमित हुनेछ । यसमा एमाले नेतृत्वले पुस ५ मा विशेष छलफलको आयोजना समेत गरेको समाचार सार्वजनिक छ । राजनीतिमा बढ्दो निराशा, एमाले प्रतिको बढ्दो बिकर्षण र चुनौतीलाई समेत मुकाबिला गर्ने गरी एमालेले भोलिका दिनमा भूमिका खेलोस् । अरु पार्टीहरुले पनि सोही किसिमको भूमिका देशको समृद्धिका लागि खेलुन्, जनताको साथ, समर्थन स्वतः वृद्धि हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *