जबकको भद्दा मजाक

सम्पादकीय
केही महिना यता लोकदोहोरी क्षेत्र एक विषय र घटनाले तरंगित छ । दोहोरी गायिका शर्मिला श्रेष्ठ लगायत रुँदै पत्रकार सम्मेलन नै गरेर आफुहरु माथि दुव्र्यवहार र अन्याय भएको भन्दै पत्रकार सम्मेलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा श्रेष्ठले चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक तथा यौन हिंसाको शिकार भएको आरोप लगाइन् । उनी मात्र होइन, बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डन समेत कडेल माथि तथानाम भन्दै बिरोधमा उत्रिए । केही दिनमा कंडेल र अरु बिच मेलमिलाप भयो । तर, शर्मिला श्रेष्ठसँग भएन । त्यसयता श्रेष्ठ थप आक्रामक रुपमा प्रस्तुत भए, जहाँ जबरजस्ती करणी यौन दुव्र्यवहार र मानसिक यातनाको गम्भीर आरोप मात्र लगाइनन्, अदालतकै ढोका धकधकाउन पुगिन् ।

शर्मिलाले कंडेल प्रति जे जति संगीन आरोप लाइन् । त्यसले इन्द्रेणी कार्यक्रम सञ्चालक कंडेल र उनी बिचमा केही सम्बन्ध र समस्या छ भन्ने देखिन्छ । यद्यपि, कंडेलले इन्द्रेणी र आफ्नो विषयमा सामाजिक सञ्जालबाट लगाएको आरोपको खण्डन गरे । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले कसैको श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य नगरेको बताए । आफु र इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारको विश्वास नगर्न अपिल गरे । तर, विवाद समाधान तर्फ भन्दा एकले अर्कोलाई गम्भीर लाञ्छना र उपेक्षा गर्न थाले कँडेल र कलाकार श्रेष्ठको विवाद अदालत पुग्यो । कँडेलले श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराए भने इन्द्रेणी कार्यक्रम सञ्चालक कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भयो । गएको केही महिनायतादेखि सुरु भएको विवाद चरम उत्कर्षको रुप लिँदै अदालत सम्म पुगे पछि अन्ततः दुवै पक्ष फेरि लचिलो हुँदै सहमतिमा फर्किएका छन् । यसले धेरैलाई आश्चर्यमा पारेको छ ।

इन्द्रेणी कार्यक्रम विगत लामो समयदेखि सञ्चालन हुँदै आएको लोकप्रिय लोकदोहोरी कार्यक्रम हो । जुन नेपाली कला र सामाजिक सेवाका क्षेत्रमा एक ब्राण्ड बनिसकेको छ । यस कार्यक्रम र कंडेलको नेतृत्वमा लोकदोहोरीको उत्थानमा त यसले अभूतपूर्व योगदान गरेको छ नै, गरिब, विपन्न, घाइते, अंगभंग भएका दिनदुखीहरुको पनि सहारा बनेको छ । कैयनले इन्द्रेणी मार्फत प्राप्त सहयोगबाट आफ्नो सफल उपचार गरेका छन् । तर, यही कार्यक्रम र सञ्चालक कंडेलको बारेमा जे घटना र विषय बाहिर आयो, त्यो दुखद छ । जबरजस्ती करणी यौन दुव्र्यवहार जस्तो संवेदनशील विषयको संगिन आरोप कंडेललाई लगाइनन् मात्रै अदालतमै मुद्दा दर्ज गराइन् । त्यसयता कंडेललाई उच्चा श्रद्धा र सम्मान गर्नेहरु उनी बिरुद्ध खनिए, सर्वत्र बदनाम बने । यदि उनले त्यो कार्य गरेकै हुन् भने जरुर अहिले पनि कारबाहीको भागिदार हुनुपर्छ । जबकि संगिन आरोप लगाएका श्रेष्ठ र आरोपित कंडेल बिच दुबैले एकअर्काको विषयमा सबै उदांगो बनाए पछि मुद्दा फिर्ता लिएर बाहिरै मिल्ने सहमति गरेको खबरले जबकको भद्दा मजाक गरेको छ । मिल्नु त नराम्रो कुरा होइन तर यति गम्भीर आरोप लगाइ सके पछि यतिकै मिल्नुको पछाडिको कारण के छ ? पैसा, सत्ता, शक्ति या फगत कुण्ठा र आरोप ? यो अबको खोज र सोचको विषय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *