लोकमार्गको कालोपत्र सडकमा क्षति

आदर्श अनलाइन, बागलुङ
लगातकारको अबिरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ खण्डको ठाउँ–ठाउँमा क्षति पुगेको छ । लोकमार्गको कालोपत्र सम्पन्न भइसकेको गलकोट खण्डमा र त्यसपछि बडिगाड खण्डमा बढी पहिरो खसेको छ ।

बागलुङ बजार देखि निसीको पातिहाल्ने सम्मको १४२ किलोमिट मध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ । असार १५ गते राती आएको पानीले मात्रै लोकमार्ग एक दर्जन ठाउँमा सडक अबरुद्ध गराएको थियो । उक्त स्थानमा निरन्तरको पहिरोले थप क्षति पु¥याइ रहेको छ । उक्त सडक अहिले एकतर्फ खुलाइएपनि सडक यात्रा निकै जोखिमपूर्ण रहेको छ । ठाउँ–ठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा समेत ठूलो क्षति पु¥याएको छ ।

वर्षाका कारण नालीको पानी सडकमा बग्दा कतिपय स्थानमा कालोपत्र सडक बगाएको छ भने पहिरोले कालोपत्र सहितको सडक बगाएर क्षति बनाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्जल शर्माका अनुसार मध्यपहाडी लोकमार्गमा गलकोट खण्डमा ठूलो वर्षा भएर ठाउँ–ठाउँमा पहिरो, बाढी र गेग्रानका कारण लोकमार्गमा ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँले क्षतिको विवरण संकलनका लागि प्राविधिकहरुको समूह उक्त पहिरो ग्रस्त गलकोट खण्डमा परिचलान भइरहेको बताउदै करोडौ बराबरको क्षति भएको बताउनुभयो ।

लोकमार्ग अन्र्तगत हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमि सडकमा २० वटा साना ठूला पहिरो खसेको बताउदै निरन्तरको वर्षाले सडकको क्षति बढिरहेको शर्माले बताउनुभयो ।

“असार १५ गते मध्यपहाडी लोकमार्गको एक दर्जन स्थानमा एकै पटक सडक अबरुद्ध भयो, मुख्यतया गलकोट नगरपालिकाको हटिया बजार देखि मनेवापाटा हुँदै हाडीखोला सम्मको करिब १५ किमि सडकमा पहिरोले धेरै क्षति पु¥याएको छ” इन्जिनियर शर्माले भन्नुभयो “१५ किमि खण्डमा २० वटा साना ठूला पहिरो खसेका छन् भने झण्डै ३०० मिटर कालोपत्र सडक क्षति बनाएको छ, रिघाको भालुपाइलेमा सडकको ट्रायकनै बगाएको छ, वर्खामा सडक सुचारु मात्रै गर्ने हो, क्षतिक कम गर्नका लागि पानी तर्काउने काम भइरहेको छ, मर्मतको काम वर्खा सकिएपछिमात्रै हुन्छ ।”

उक्त सडक खण्डमा उच्च वर्षातका कारण पहिरो खसेको प्राविधिकहरुको भनाई छ । लोकमार्गमाथीबाट खनिएका ग्रामिण सडकको गेग्रान लोकमार्गमा ल्याएर थुपार्दा सडक नालीको भल कालापत्र सडकबाट बग्दा झनै समस्या भएको छ ।

लोकमार्गको गलकोट खण्ड पहिरोका लागि समेत जोखिमपूर्ण स्थान रहेकाले पानी पर्दासाग पहिरो खसेर सडकमा क्षति पु¥याउदै आउने गरेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा ठूला पहिरा खसेका छन् । एकतर्फ सडक खुलाइएपनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ भने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् । यस्तै अबिरल वर्षाका कारण मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा समेत ठूला पहिरो खसेर लोकमार्गमा क्षति बनाएको छ ।

यस्तै कालोपत्र हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड समेत बर्सातका कारण बेहाल भएको छ । बर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्र अझै सम्पन्न हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *