‘हसिनायुग’अन्त्यको सन्देश

सम्पादकीय
यतिबेला विश्व राजनीति एउटा उतारचढाव पूर्ण राजनीतिक घटना र खबरले तरंगित बनिरहेको छ । बंगलादेशमा लामो समय रजगज चलाइरहेकी प्रधानमन्त्री शेख हसिनाबाजेद देश छोडेर भागेकी छिन् । हसिनातिनै पात्रहुन्, जसमाथि पछिल्ला वर्षमा हसिना निरंकुश बन्दै गएको र उनले विरोधी माथि दमन गरेको आरोप लाग्दै आएको थियो । हप्तौँदेखिको ढाका र अन्य क्षेत्रको हालैको आन्दोलन निजामती सेवाको जागिरमा कोटा खारेज गर्ने मागको साथ सुरु भयो । यो, सरकार विरोधी व्यापक आन्दोलनमा परिणत भयो । विद्यार्थी नेतृत्वको आन्दोलन घातक र राष्ट्रव्यापी अशान्तिमा परिणत भएपछि अन्ततःबंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबाजेद राजीनामा दिएर देश छाड्न बाध्य भएकीहुन् । राजधानी ढाकामा रहेको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकोप्टर मार्फत भारततर्फ भागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छ । भारतबाट उनी निर्वासनमा बेलायत जाने तयारी छ ।

हसिनाको नेतृत्वमा विश्वको गरिबमध्ये एक देश बंगलादेशले हसिनाकै नेतृत्वमा अविश्वसनीय आर्थिक सफलता हासिल ग¥यो । यो अहिले आफ्नो निकट र विशाल छिमेकी भारतलाई पनि उछिनेर यस क्षेत्रको सबभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रमध्ये एक हो । पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आयतीन गुणा बढ्यो । विगत २० वर्षमा साढे दुई करोड भन्दा बढी मानिस गरिबीबाट माथि उठे । दुर्भाग्य, तिनै प्रधानमन्त्री हसिनाको बर्हिगमन र भागदौडसँगै बंगलादेशको सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको शासन कालको अप्रत्याशित अन्त्य भएको छ । हसिनाले समग्रमा २० वर्षभन्दा बढी देशमा शासन गरिन् । दक्षिण एसियाली देशको आर्थिक प्रगतिको रेखदेख गर्ने श्रेय पाएकीउनले प्रजातन्त्रको प्रतीकका रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरिन् । यद्यपि, हालैका वर्षमा निरंकुश बन्दै गएको र विरोधीमाथि दमन गरेको आरोप व्याप्त थियो । उनले जनवरीको चुनावमा प्रधानमन्त्रीको रूपमा अभूतपूर्व चौथो कार्य काल जितिन्, जसलाई आलोचकले फर्जी भन्दै व्यापक रूपमा निन्दा गरे । राजनीतिक वंशका उत्तराधिकारीका रूपमा हसिनाले तीन दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा प्रभुत्व जमाउँदै आए र उनीहरू ‘लडाइँ गर्ने बेगमहरू’भनेर चिनिए । विपक्षमा हुँदा उनको पटक–पटक उनको गिरफ्तारी र धेरै हत्या प्रयास भएका थिए ।सन् २००४ माउनी माथि भएको हत्या प्रयासले उनको सुनुवाइलाई असर गरेको थियो । उनी निर्वासितहुन बाध्य पार्ने प्रयास र भ्रष्टाचारको आरोप लागेका थुप्रै अदालती मुद्दाबाट पनिबच्न सफलहुँदै आएकी थिइन् । अहिले भने उनी विद्यार्थी आन्दोलनको ज्वारभाटाबाट चरम दमनका बाबजुद पनि बिफल भइन् । बिफल मात्र होइन, देश छोडेर भाग्नुपर्ने बिडम्बनापूर्ण अवस्था पैदा भयो ।

प्रधानमन्त्री हसिनामा सत्ताको उत्माद बढ्दै गयो । उनी स्वार्थ समूहबाट क्रमशः घेरिन थाले र जसले अहिलेको चक्रब्यूँह सम्म पु¥यायो । ‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ । हसिनायुगको अन्त्यसँगै नागरिक सरकारको ठाउँमा सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ । यस घटनाले नेपाल वा अरु कुनै पनि देशका शासकहरुलाई झस्काएको छ । सत्ता उन्मादमा रमाउने प्रवृत्तिले कुन हालतमा पु¥याउँछ भन्ने देखाएको छ । जनत ाविद्रोहमा उत्रिएभने त्यसको परिणाम के हुन्छ भन्ने हेक्का सबैले राख्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *