सम्पादकीय
पछिल्लो निर्वाचनबाट पुष्पकमलदाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामाओवादी तेस्रो दल बन्यो । चुनावबाट तेस्रो बने पनि सत्तामा निर्णायकबन्दा राजनीतिक चतुर रणनीतिबाट माओवादी सत्ताको बागडोर सम्हाल्ने बिन्दुमापुग्यो । र त चामत्कारिक रुपमाकहिले संसदको पहिलो दल नेपालीकांग्रेस त कहिले नेकपाएमालेको साथ समर्थनमा प्रचण्ड प्रधानमन्त्रीबनिरहे । माओवादीले सत्ताको रजगज चलाइरह्यो । तर, पछिल्लो केहीमहिना अघि मात्रै उस्तै चामत्कारिक शैलीमा संसदको पहिलो र दोस्रो ठुलो दल नेपालीकांग्रेस र एमाले सत्ता समीकरण बनाए पछि माओवादीअहिले किनारामा परेको छ । सत्ताको रजगजबाट प्रमुखप्रतिपक्षको बेञ्चमापुगेको छ । यो सँगै माओवादीमा प्रचण्ड नेतृत्वको विषयमाइतिहासमै ठुलै विवाद र बहस जारी रहेको छ ।
माओवादीमायतिबेला ३६ वर्षदेखि निरन्तर पार्टी नेतृत्वगरिरहेका प्रचण्डको नेतृत्वकाबारेमाउपमहासचिवतथापूर्व मन्त्रीजनार्दन शर्मा लगायतले कडा चुनौतीका साथप्रश्न उठाइरहेका छन् । उनले अब पार्टी नेतृत्वबदल्नु पर्नेमाचर्को आवाज उठाइरहेका छन् । शर्मा तिनै पात्रहुन्, जसले पार्टी फुटाउन लागेको हल्ला केही साता अघि फैलिएको थियो ।यद्यपि, यस विषयमा े् शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्नपनिकिननपाउने भन्दै प्रतिप्रश्न गरेका छन् ।आफूले पार्टीभित्रभिन्न मत राखेको नभई आफ्नो मत राखेको प्रष्टीकरण दिइरहेका छन् ।उसो त माओवादीअध्यक्ष प्रचण्डले पनिआफूलाई अध्यक्षभइरहने रहर नभएको दाबी गरेका छन् । तर, आफूले छाड्दा नेतृत्वहस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने उनको विश्वास भने तत्काल कसैमा देखिदैन । फेरि नेतृत्वयतिकै ख्यालठट्टा या हासिमजाकमा स्थापितहुने कुरा पनिहोइन । यसकालागिविचार निर्माण देखि सांगठनिक सोच, दृढता, तिब्र अठोट र दुर दृष्टि चाहिन्छ ।
माओवादीभित्रअहिले जे विषयमाविवाद र बहस भइरहेको छ, यसले सिंगो माओवादी पार्टीका लागि नराम्रो गर्दैन । जे भइरहेको छ, उसकालागि राम्रै भइरहेको छ र हुनेछ । केवलअहिलेको छलफल बहसलाई स्वस्थबनाउने र पूर्वाग्रहरहितबनाउने हो भने त्यसले फाइदै गर्नेछ । तर, नेपालको राजनीतिमा देश विदेशीतत्वले खेल्ने तर्फ पनिनजर अन्दाज गर्नु हुँदैन । कैयन पार्टीहरु उच्चआशा, उत्साह र भरोसामापुगिरहेको बेला नराम्ररी बिभाजितभएका छन्, पक्षबिपक्षमा बाडिएका छन् । जसले केवलनिश्चित पार्टी पंक्तिलाई मात्रहोइन, सिंगो देशलाई पनि ठुलो क्षतिपुगेको छ । अहिले माओवादीपार्टीभित्रचलिरहेको अन्तरसंघर्षविगतमापनिथियो, त्यसले माओवादीले अनेकन कित्तामाविभक्त गराइसकेको छ । त्यसबाट यथेष्ट पाठ सिकेर वर्गसंघर्षको बेलामाअन्तरसंघर्षको अस्वस्थ बाटोमाभने माओवादी नेतृत्व र अरु नेताहरु पुग्नु हुँदैन । पार्टी रनेतृत्वको कार्यशैलीभने माओवादीको मात्रहोइन, सबै पार्टी नेतृत्वको बदलिन र सच्चिन जरुरी छ ।