स्थानीय तहलाई बीमा बुझाउदै प्राधिकरण

आदर्श अनलाइन, बागलुुङ
पछिल्लो समय बीमा पहुँच बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई बीमाको विषयमा जानकारी गराउन थालेको छ ।

कृषि तथा पशुपन्छीको बीमाको विषयमा स्थानीय तह जानकार हुँदा क्षतिको परिपूर्ती गर्न सहज हुँने मुद्दाको निरुपणमा सहयोग पुग्ने भन्दै बीमा प्राधिकरण स्थानीय तह केन्द्रित भएर अभिमूखिकरण गर्न थालेको छ ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले गण्डकीका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बीमा सम्बन्धी अभुमिखीकरण सम्पन्न गरिएको प्रमुख केशव प्रसाद दाहालले जानकारी दिनुभयो ।

प्राधिकरणले बीमाको महत्व बुझाउने, बीमाको नाममा हुने ठगी रोक्ने तथा बीमा गर्दा भविश्यमा हुने क्षति कम गर्न स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई अभिमुखीकरण गर्न थालिएको हो ।

जीवन बीमा, निर्जिवन बीमाको बिषयमा स्थानीय तह समेत जानकार हुन आवश्यक रहेको भन्दै गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ५२ पालिकामा बीमा अभिमुखिकरण कार्यक्रम गरिएको दाहालले जानकारी दिनुभयो ।

“बीमाको भुक्तानीमा आउने समस्या, बीमाको विषयमा आउने मुद्दा लगायतको विषयमा जनप्रतिनिधि सचेत हुन आवश्यक छ, बीमाको अदालत प्राधिकरण भएपछि न्याय निरुपण गर्ने र बीमितले भुक्तानी पाउनका लागि सहज बनाउने हाम्रो उद्देश्य हो” दाहालले भन्नुभयो “प्राधिकरणले स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई बीमाको महत्व आउने समस्याको समाधान र कृषि र पशुपन्छी बीमाले किसानलाई पुग्ने फाइदाको विषयमा जानकारी दिइरहेका छौं ।”

दाहालले गत वर्ष कास्कीका पत्रकारलाई अभिमुखिकरण गएिको थियो भने अहिले बागलुङका पत्रकारलाई समेत जानकारी गराइएको बताउनुभयो । बीमाको विषयमा पत्रकारहरु समेत जानकार भएमा नागरिकलाई सहज हुने दाहालको भनाई छ ।

कृषि बीमाको कार्यक्रमलाई बीमा कम्पनीहरुले गम्भीरता पूर्वक आम नागरिकसम्म पु¥याउने, बीमाको गल प्रचार रोक्ने र भुक्तानी पाउन समस्या भएका बीमितलाई सहयोग गर्दै न्याय दिने काम प्राधिकरणले गर्ने दाहालको भनाई छ ।

दाहालले बीमा बारेका भ्रम चिरेर आम नागरिकको पहुँचमा पु¥याउन पत्रकारहरुको साथ जरुरी बागलुङमा आयोजित अन्तरक्रिर्या कार्यक्रममा बताउनुभएको थियो ।

बीमाको आवश्यकता र चुनौतीबारे जनतामा जानकारी गराउदै उनले बीमाको महत्व, बीमालाई ग्रामीण क्षेत्रमा पहुँच बढाउने, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बीमा र कृषि बीमा लगायतको विषयमा जानकारी गराउने अभियानलाई तिब्रता दिएको प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बताउनुभयो ।

बिपदबाट हुने क्षति न्यूनीकरण, बीमा कम्पनीबाट कोही पीडित भएमा जिल्ला अदालत सरहको कानूनी उपचार पाउने प्राधिकरणको व्यवस्थाबारे पनि जानकारी दिन स्थानीय तहमा कार्यक्रम लगेर हिडेको बताउनुभयो ।

नेपालमा अहिले १४ वटा जीवन बीमा, १४ वटै निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुर्नबीमा कम्पनीले काम गरेको गिरीले जानकारी बताउनुभयो ।

बागलुङमा आयोजित पत्रकार अन्तरक्रिर्या कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बीमाको दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गर्नुभएको थियो । उहाँले बीमा मार्फत लिने सेवामा नागरिकले अहिलेपनि सास्ती पाउने गरेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारका साथै जीवन तथा निर्जिवन बीमा कम्पनीका प्रतिनिधि समेत सहभागी थिए । बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालको अध्यक्षता, सहायक निर्देशक सुन्दर प्रसाद शर्माको संचालन र बलराम लामिछानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *