सम्पादकीय
खो खो खेल, बाल्यकालीन उमेरमाज्यादै रमाइलो लाग्ने खेल । शारीरिक कसरत त यो खेलबाट हुने नै भयो, त्यसबाहेक दिमागी रणनीतिक खेल कौशलमापनियसले पारंगतबनाउन मद्दत गर्छ । उसो त नेपालको राष्ट्रिय खेलकुदमापहिलो संस्करण देखिनै खोखो खेललाई स्थानदिदै आएतापनि यस खेलले नेपालमा त्यति ठूला परिचय स्थापित गर्न भने सकेको छैन ।नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममाशिक्षाविषयमा समावेश गरियो । यद्यपि, तालिमप्राप्तप्रशिक्षकको अभावमा यो खेलले लोकप्रियतापाउन सकेन । वि.स. २०४१ सालमाभारतबाट आएकाप्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि खेल प्रदर्शन गरेपछि यो खेलले नेपालमानयाँ रूप धारण ग¥यो । वि.स. २०५१ सालमाखो–खो संघको तदर्थ समिति गठन पछि संस्थागतविकास र खेलले थपविस्तारित हुने बाटो खुल्यो । अहिले यही जगबाट फैलिँएको खो खो खेलका खेलाडीले पहिलो विश्वकपमा सहभागिताजनाए । जसमा नेपालअन्तिमफाइनलमापुगेर नेपालको शानदार उपस्थितिजनायो ।
खो खो खेलको विश्वकपमामहिला र पुरुषदुवै राष्ट्रिय टिम उपविजेता बनेको छ । नयाँदिल्लीस्थितइन्दिरा गान्धी इन्डोर हलमाआइतबार रातीभएको पुरुषतर्फको फाइनलमा नेपालआयोजकभारतसँग ५४–३६ अन्तरले पराजितभयोे । फाइनलमा नेपाल सामु घरेलु टोलीभारत विरुद्ध बदलालिने अवसर थियो । तर फाइनलमाभारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपालउपविजेतामै सिमितभयो ।भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो । त्यसअघि भएको महिलातर्फको फाइनलमापनि नेपालभारतसँग नै पराजितभयो । भारतले महिला र पुरुषदुवै विधामाउपाधिजित्दा नेपालभने दुवैमाउपविजेताबन्यो ।खो खो विश्वकप खेल्न भारत जानुअघि नै नेपालको महिला र पुरुषदुवै टोलीले फाइनलपुग्ने लक्ष्य राखेको थियो । त्यसपछि भारतलाई टक्कर दिने योजनाथियो । महिला र पुरुषदुवै टोलीले फाइनलपुगेर पहिलो लक्ष्य पूरा गरे । फाइनलमाभने अन्य खेलमाजस्तै भारत नै नेपालको लागितगारो बन्यो ।
पहिलो पटक आयोजनाभएको खो खो विश्वकपमा दक्षिण एसियाकाछिमेकी राष्ट्र भारत सँगै नेपालले उत्कृष्ट प्रदर्शनका साथअन्य राष्ट्रलाई पछि पार्दै फाइनलयात्रा तय गर्नु र उपविजेताबन्नु सुखद कुरा हो । यसमाकुनै पनि टिम गेममा नेपालफाइनलपुगेको यो नै पहिलो अवसर समेत हो ।अन्तर्राष्ट्रिय सहभागीतामाभारतको कलकत्तामाभएको पहिलो एसियनखो–खो प्रतियोगितामा नेपालले तेस्रो स्थानप्राप्त गरी सार्क मुलुकमा राम्रो प्रभावपार्न सफलभएको थियो । बङ्गलादेशको ढाकामा सम्पन्न दोस्रो एसियालीखो–खो प्रतियोगितामा नेपालले राम्रो प्रदर्शनका साथ थाइल्यान्डलाई पराजितगर्दै श्रीलङ्कासँग बराबरी गर्न सफलभएको थियो । उक्तप्रतियोगितामाभारत प्रथम, बङ्गलादेश द्वितीयतथाश्रीलङ्का तृतीयभएको मा नेपालले चौथो स्थानमाचित्तबुझाउनु परेको थियो, त्यसबाहेक उक्तप्रतियोगितामा थाइल्यान्ड र जापानको पनि सहभागीता थियो ।यसले खो खो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन सहित राम्रो सम्भावनाउजागर गरेको छ । अब यसलाई थपमर्यादित र व्यवस्थितगर्दै आगामीदिनमाविश्वकपकै ट्रफी उचाल्ने गरी पहल, समन्वय र नेतृत्वअपरिहार्य छ ।