फेरि लोडसेडिङको बहस

सम्पादकीय
नेपालमा यतिबेला फेरि लामो समय पश्चात लोडसेडिङ बहस सुरु भएको छ । प्रत्येक दिन घण्टौको लोडसेडिङ मार खेपेका नेपालीहरुले पछिल्ला केही वर्ष यता लोडसेडिङ भन्ने नै बिर्सिन थालेको प्रतीत हुन्थ्यो । गाउँदेखि शहर सम्म लोडसेडिङ फोबिया ब्याप्त थियो । जसबाट नेपाली अर्थतन्त्र पनि आक्रान्त थियो । तर, सही ठाउँमा सही व्यक्तिको आगमनले नेपालमा चामत्कारिक रुपमा लोडसेडिङको अन्त्य भयो । अहिले भने वर्षौ पछि फेरि उही पुरानो अवस्था फर्किने खतरा देखा पर्न थालेको छ । यसमा वर्तमान उर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच लामो समयदेखि रस्साकस्सी जारी छ । खड्काले कुलमानको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छँदा जसरी पनि हटाउने अभियाना सक्रिय छन् भने घिसिङ आफ्नै अडानमा छन् ।

आखिर अहिले लोडसेडिङ बहस किन भइरहेको छ ? के साँच्चिकै नेपालमा लोडसेडिङ हुने अवस्था आएकै हो त ? कुलमानको कार्यकाल सकिएर बहिगर्मन हुनै लाग्दा सार्वजनिक खबरले के संकेत गर्छ ? यसको यथार्थ विषयको खोज, अध्ययन जरुरी छ । नेपालमा भारतबाट १२ घण्टा मात्रै बिजुली आयात गर्ने पाउने भएपछि रातको समयमा लोडसेडिङ हुने अवस्था देखिएको सत्य हो । नेपाललाई भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै दिने भएको छ । भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टा भन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको विद्युत् प्राधिकरणले जनाएको छ । भारतबाट रातको समयमा बिजुली खरिद गर्न नपाउँदा अब औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ हुने अवस्था देखिएको छ । नेपालको विद्युत् उत्पादन ड्राइ सिजनका कारण निरन्तर रूपमा घट्दै आएको छ । अहिले हामीलाई दिउँसाको समयमा १४ सय मेगावाट आवश्य पर्छ । १४ सय मेगावाट नै विद्युत् आउने भएकोले समस्या हुँदैन । साँझको समयमा आन्तरिक उत्पादनले धान्छ । पीआरोआर हजार मेगावाट र अन्य ७ सय मेगावाट आन्तरिक गरी १६ सय उत्पादन हुन्छ । यसले रातको समयमा कुनै समस्या हुँदैन ।

केही दिनदेखि देशभर लोडसेडिङ हुने हल्ला फैलियो । तर पनि कुनै पनि हालतमा लोडसेडिङ नहुने घिसिङले बताइरहेका छन् । उता उर्जामन्त्री खड्का यतिबेला चर्को गाली र आक्रोश पाइरहेका छन् । कारण लोडसेडिङ हटाउन महत्वपूर्ण भुमिका खेलेका कुलमानलाई हटाउने, अनेक लाञ्छना लगाउने प्रवृत्तिले देश आजित बन्ने खतरा छ । नेपालमा पिक टाइममा करिब १८÷१९ सय मेगावाट बिजुलीको माग भएअनुसार प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाउँदै आएको छ । ट्रकलाइन र डेडिकेटेड लाइनको वक्यौता नतिर्ने उद्योगहरूको पहिलो प्राथमिकतामा कटौती गर्दै जानुपर्छ । त्यसले पनि नपुगेको अवस्थामा यो समस्या भारतसँग राति पनि विद्युत् बिट गर्न दिनको लागि आग्रह गर्नुपर्छ । कुनै पनि बाहनामा लोडसेडिङलाई अब निरन्तरता दिइन हुँदैन । लोडसेडिङलाई जबरजस्त गरिए त्यसले राज्य र यसका निकाय प्रतिको अविश्वास अझ बढ्छ । उर्जामन्त्री खड्काले कुलमानले नभई भारतले गर्दा लोडसेडिङ मुक्त भएको संसदमै भाषण गर्छन् । जुन निकै हाँस्यापद देखिन्छ । कुलमान पछिल्लो समय जे अडानमा देखिए, त्यसले उनको कद अझ बढाएको छ । खाली त्यसले उनी र उनी जस्ता पात्रहरुको हकहितमा यही भनाइले सांसद तातिरहेको छ । अतः फिल्मलाई फिल्म जस्तै बनाउने प्रयास हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *