गायक खत्रीको मञ्च खाने होइन, मन खाने गीत !

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको दशैं तिहार केन्द्रित नयाँ गीत बजारमा आएको छ ।

गायक खत्री र देवी घर्ती मगरको सुमधुर आवाजमा ‘कति रुनि हो’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

बिष्णु खत्रीकै लय र शब्द रहेको गीत यो पटक भने अलिक फरक शैलीमा तयार छ । प्रायजसो बियोगान्त गीत गाउने खत्रीले यसपाली भने संयोगको बनाएका छन् । बिदेशमा रहेका नेपालीले धेरै बर्ष बिदा नपाउने तर अहिले भने बिदा पाएको र दशैंमा आउने बिषयलाई गीतमा समावेश गरिएको छ । अहिलेको गीतलाई मञ्च खाने भन्दा पनि मन खाने गीतको रुपमा श्रोता, दर्शकले प्रतिक्रिया दिएका छन् ।

गीतको म्युजिक भिडियोमा आशा खड्का र बिमल खड्काको अभिनय छ। दिलिप रेग्मीको निर्देशन रहेको भिडियो मरुभूमि नारायणको छायांकन रहेको छ। सुमधुर क्रियसन मार्फत बजारमा आएको उक्त गीतको सम्पादन भने रोशन धितालले गरेका हुन् । गीतको म्युजिक भिडियो लिंक तल छ ।
https://www.youtube.com/watch?v=8_3WezUk29k

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *