एम्बुलेन्स सञ्चालनकाे लागी साँस्कृतिक कार्यक्रम सम्पन्न

सन्तोष क्षत्री दोहा, कतार

जिल्लाको विकट ठाउँमा एम्बुलेन्स सन्चालनको लागि सहयोग पुर्याउने उदेश्यले काभ्रेपलान्चोक सेवा समाज कतारको आयोजनामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा शुक्रबार कतारको दोहामा विभिन्न कलाकारको प्रस्तुतिमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदुतावास कतारका श्रम सहचारी नगेन्द्र ज्ञवालीले एम्बुलेन्स संचालन गर्ने पवित्र उदेश्य राखेर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । ज्ञवालीले एम्बुलेन्स हस्तान्तरण संगै त्यसको त्यसको व्यबस्थापकिय पाटोमा पनि धन्यान दिन सुझाव दिनुभएको थियो । साथै उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीको पुनः श्रम स्वीकृती बिदेशमा रहेका दूतावास बाटै गर्ने निर्णय सरकारले गरेको भए पनि प्राबिधिक काम बाकी रहेकोले तत्काल शुरु हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य केबि हमाल, बिनोद भट्टराई, एनाअरएनए एनसिसि अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, समाजसेवि सागर नेपाल, प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समीर केसी, काभ्रेपलान्चोक सेवा समाजका प्रमुख सल्लाहकार नन्द प्रसाद ढुंगाना, तामाङ समाजका अध्यक्ष धिरेन तामाङ लगाएतले सुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष नारायण बिष्टले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै एम्बुलेन्सको लागि सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । साथै बिष्टले “आत्मनिर्भर र समृद्ध काभ्रेको परिकल्पना सम्पुर्ण प्रवासी काभ्रेलीको चहाना” भन्ने मुल नारा सहित सन् २०१६मा स्थापित संस्थाले समाज सेवालाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सो कार्यक्रममा गायीका श्रृजना हुमागाइँ संगै स्थानिय कलाकारहरु, सिर्चन तामाङ, कुमार ओख्रेली, आशा राई, जंगे तामाङ लाेप्चन, दिल्पु माेक्तान, मणिराज तामाङ, इन्द्र तामाङ, सुन्तु तामाङ, अस्मिता पाख्रीन तामाङ, श्री पाख्रीन तामाङ, बाबुलाल घिसिङ (आदम), सुबिसा तामाङ लगायतका कलाकारको प्रस्तुति रहएको संस्थाका सांस्कृतिक बिभाग संयोजक ज्ञानमान थिङ तामाङ (तारा) बताउनुभयो । कार्यक्रम संयोजक रमेश सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष सागर अधिकारीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *