‘बोल माया’ गीत गायिका शान्ति श्रीको टर्निङ पोइन्ट !

आदर्श अनलाइन, काठमाण्डौ

लमजुङको एउटा सांगीतिक कार्यक्रममा गायक प्रकाश सपूतसँग भेट भएको थियो । त्यहाँ उहाँको प्रस्तुति गज्जब लाग्यो । त्यसअघि एक/दुई पटक भेट भए पनि सहकार्य गर्ने अवसर जुरेको थिएन । लमजुङमा कुराकानीका क्रममा उहाँले नयाँ गीतको तयारी गर्दै गरेको बताउनुभयो । मैले सुन्ने इच्छा गरेँ । ‘तपाईंको तिर भाका हालेर रुन्छन् ?’ उहाँले सोध्नुभयो । भाका हालेर रोएको मैले देखेकी थिइनँ । त्यसैले थाहा नभएको बताएँ ।

उहाँलाई ‘सिकाउनुस्, म मिहिनेत गर्छु’ भनेँ । काठमाडौं फर्किएपछि उहाँले सम्झिनुभयो । र, मैले ‘बोल माया’ गाउने अवसर पाएँ । उहाँसँग काम गर्ने रहर पूरा भयो । उहाँको छनोटमा आफू पर्नुलाई म भाग्यमानी ठान्छु । ‘बोल माया’ जब बजारमा चल्न थाल्यो, दर्शक–स्रोताको नजरमा परेँ । त्यसअघिदेखि नै गीत संगीतमा लागे पनि म चर्चामा कमै थिएँ ।

‘बोल माया’ बोलको गीत नै मेरो टर्निङ पोइन्ट बन्यो । सोही गीतका कारण मलाई स्टेज कार्यक्रममा बोलावट आउन थाल्यो । प्रकाश सपूतले फेरि ‘गलबन्दी’ बोलको गीत गाउन दिनुभयो, जसले मेरो गायन यात्रालाई अझ उचाइ दियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *