कविता : शब्द चित्रमा भानु

सरोजराज पन्त

भानु तिमी सृष्टी कर्ता हौँ, नेपाली भाषा साहित्यका
उदाहरणीय व्यक्ति हौँ तिमी, नेपाली मनमुटुका गाह्रो थियो पढ्न लेख्न पहिला, सरल बनायौँ तिमी
लेख्यौँ दजनौँ काव्य कृतिहरु, चिनायौँ भाषा पनि ।

राम्रो काम गर्न अर्ति उपदेश, सानाबाट पनि लियौँ
सुख सयल चाहेनौँ रति, दुःखजिलोमा जीवन बित्यो पितृभक्त रामभक्त तिमी, भक्तिभावले बनायौँ छवि कवि मात्र कहाँ हौँ र तिमी, हौँ नेपाली भाषाका रवि ।

भाषा साहित्य, संस्कृतिका साधक, मर्देनौ कैल्यै पनि
आज सब जनजिब्रोमा भानु तिमी, छौँ आदि कवि भनि
कर्तव्यनिष्ठता तिम्रो कस्तो विचित्र, बुझेर साध्य छ कहाँ ?
देख्न पाँऊ तिम्रो तस्बीर झलल, डुल्छु म जहाँ तहाँ ।

बुझुन् युवातरुणले तिम्रो, त्यो स्वर्ण कला र छवि
तिम्रो पथ पछ्याई नयाँ पुस्ता, बनुन अझै राम्रा कवि
कान्तिपुर बनोस् पहिले झै, सुन्दर, शान्त र असल
सब क्षेत्रमा बनोस् देश शीघ्र, अग्रगामी र सफल ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *