लोकप्रिय संगीतकार मल्लको तीज कोशेली ‘आमाले नदुखाउनु मन’

आदर्श अनलाइन, बागलुङ

नेपाली संगीत बजारका लोकप्रिय जोडी श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्लले तीज बिशेष गीत सार्वजनिक गरेका छन् ।

संगीत सिर्जनामा पृथक पहिचान बनाएका श्रीकृष्ण र पछिल्लो समय गायनमा सफल र व्यस्त गायिका लक्ष्मीको संयुक्त युट्युव च्यानल मार्फत ‘आमाले नदुखाउनु मन’ यसपाली छोरी आइन भनेर बोलको गीत सार्वजनिक गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक लोकप्रिय गायिका अञ्जु पन्तको आवाजमा सजिएको गीतको म्युजिक भिडियो संगीतकार मल्ल आफैले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा मोडेल करिश्मा ढकाल, स्नेहा राना लगायतको अभिनय र नाँच हेर्न सकिन्छ । ‘तीज गीत त अहिले धमाधम बजारमा आएका छन् तर हाम्रो मौलिकता सहित पृथक स्वाद दिने प्रयास हो’ मल्लले आदर्श अनलाइनसँग भने, ‘यो गीत पाँच बर्ष अघि तयार गरेको हुँ, तर म त्यसबेला आइसियूमा भएकाले रोकिएको थियो, अहिले श्रोता दर्शक माझ सार्वजनिक गरेका छौ ।’ उनले यस गीत र म्युजिक भिडियोबाट अघिल्ला गीतमा जस्तै श्रोता दर्शकको माया र सद्भाव पाउने बिश्वास व्यक्त गरेका छन् । यो गीतको म्युजिक भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *