गायक दुर्गेश थापाको गीत २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा

आदर्श अनलाइन, बागलुङ

पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापाको आलु जस्तो गीतले चामत्कारिक सफलता पाएको छ ।

गीत गाउने क्रममा अग्रज कलाकारको नाम गलत र सुर ताल बिगारेको भन्दै टेलिभिजन अन्र्तवार्ताबाट केही बिवाद र आलोचना खेपेका थापाले इनाक्छी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीत सार्वजनिक भएको २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दा सम्म युट्युवमा ५ लाख बढी दर्शकले गीतको म्युजिक भिडियो हेरिसकेका छन् ।

सालको पात टपरी जस्ता करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको साथ गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडि मानिएको छ । यो गीत सँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन् ।

युवा पुस्ता माझ गत वर्षको तीज गीत हामी पनि नाँच्नुपर्छ बीच बीचबाट गायक तथा मोडेल थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए । श्रोता दर्शकको माया र सद्भावसँगै नयाँ खालको सिर्जना दिने प्रयासमा पछिल्लो गीत ल्याएको र उत्साहजनक प्रतिक्रिया पाइरहेको गायक थापाले आदर्श अनलाइनलाई बताए ।

गीतको शव्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *