कविता : कुमारी आमा

शिवशरण ज्ञवाली
विहान उठ्दा मगमग बास्ना, फुल नै फुलेको
के रैछ हजुर भनेर हेर्दा, बिरुवा झुलेको ।
बगैचा भित्र भेटेका हामी, सर्पले लखेट्दा
मन नै हजुर भरङ्ग हुन्छ, दुई दिन नभेट्दा ।।

कथा त हाम्रो उहिले नै, हजुर लेखेर छाडेको
संयोग र बियोग लिला नै रहिछ, दैबले दिएको ।
सारङ्गी रेटि सङ्गीत भर्ने, गन्धर्व धुनैमा
मरणपछि भेटौंला हजुर, आकाश जुनैमा ।।

छिमेकी जिल्ला पहिला नै हुन् नि, तिम्रो र मेरो त
खोलाको खेत एकै नै ठाउँ, जानेकै हुन् नि त ।
दैबको लिला भेटेको हामी, मन्दिर मालिका
लुकेर हिँड्दा हेरेका थियौ, रातिको कालिका ।।

कालिका एउटा बाहना भयो, मालिका जस्तै नै
उज्यालो हुदाँ देख्यौ नि तिमी, मजुरा उस्तै नै ।
के भयो तिमी जान्दिन म त, कुमारी आमा हौ
टाढिदै गयौ म देखि तिमी, छाया त मेरै हौ ।।

समाज बोल्यो पापिनी तिमी, कसको पाप हो
बोलिनौ तिमी कसैको होईन, मेरै त आप हो ।
ती बाबाआमा देवनै हुन् नि, छहारी दिए है
न्वारन गरी ती बुढा बाबा, हजुरबा बने है ।।

टाढिए किन नसोध मलाई, दोष तिम्रो होइन
बिहे नै गरी म घर पनि, गएकी होइन ।
कालिका माता दिइन् नि नासो, पे्रमकै पासमा
त्यो नासो मैले जोगाउन खोजे, जीबनको आशामा ।।

बाहिर जाँदा मानिस गर्थेर्, छि छि र दुरदुर
घरभित्र आउँदा आमा त मेरी, नाचेर फुरफुर ।
बाबाले भन्थे यो सन्तान हाम्रै, आफ्नै रगत हो
आमाले भन्थिन् जन्मदा खेरि, कस्तो हुने हो ।।

आमानै बनिन् सुँडेनी मेरी, डाक्टर्नी उनै हुन्
उपहार दिने हामीलाई सम्झी, भगवान उनै हुन् ।
बाबाले भने नगर चिन्ता, सन्तान न्वारनको
सिकाउने हो हिँड्नलाई, सङ्घर्ष जीवनको ।।

तिम्रो पीडा मलाई नि थाहा छ, पे्रम बियोगको
बाबा हो भन्न नदिए पनि, सन्तान हामै्र हो ।
तिमी नै पनि बोल्दैनौ थाछ, मायाको बशमा
अकेला तिमी बन्ने नै भयौ,हामी है तिनैमा ।।

सन्तानले बाबा खोजेछ भने, सोचौला त्यो बेला
अधिकार खोज्दै आएछ भने, मनै त पग्लेला ।
बाआमा हाम्रा भगवान जस्ता, जोगाए बच्चालाई
जीवन एउटा दिएर तिनले, पढाए समाजलाई ।।

माइतीमा सन्तान जन्माउन भन्थे रे अरु त
जन्माए पछि देखौला भनी, माइतीले भन्थे त ।
खबरदार छोरी आमा हौ तिमी, जीवन बचाउ
हुन त तिमी नसोचिकन, हामीलाई देखाउ ।।

आमाले कतै सन्तान फाल्न, सक्दिन बुझ त
बाध्यता बनाई समाजले हाम्लाई, लखेट्यो आज त ।
त्यसैले गर्दा मैले नि आज, बिद्रोह गरे नि
शहिद भयौ तिमी त बरै, माफ गरे सधै नि ।।

यही सन्देश दिन मैले त गरे, त्याग र अठोट
आमा नै बन्दा धक्का र मुक्की, लगाए सय चोटि ।
वियोग प्रेम सँगाली राख्न, पे्रमकै आशमा
अवश्य भेट हुने नै छ नि, जीवनको साँझमा ।।

ए मेरी दिदी १ ए मेरी बहिनी ११ जोगाउ सिर्जना
तिमी नि हौ नि सन्तानका लागि, दुःखको बिर्सना ।
धक्का र मुक्का हिर्काउ तिमी, समाज यस्तै हौ
डटेर बाच जोगाउ सन्तान, संसारै यस्तै हौ ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *