चपेटा

ज्ञानु थापा
तिमी सोझी छौ त्यसैले अबुझ छौ या तिमी अबुझ भएर सोझी छौ?

पहिलो पटक पर फुपूको घर, घरबाट दूर,
पत्तै भएन तिम्री सानी छोरी ठूली भएको,

तिमी खुशी भन्दा नि मेरा साना भाईहरुबाट लुकाउन हतार भएको,
तिम्री छोरी कति अछुत भएकी रहिछ त, अँध्यारो कोठामा लुकाउनु परेको,
मलाई त त्यो पनि थाहा भएन, म नछोईने भएको,

कति सोझी छौ है, तिम्रो समाजको पाठ मजाले कंठ पारेकी छौ,
त्यही सिकेको पाठको घुम्टो आफ्नी छ‍रीलाई ओढाएकी छौ,
सँधै सघाउने तिम्री छोरीलाई महिनाको ३ दिन अछुत नै बनाएकी छौ,

समाजसँग लड्नु पर्ने तिमी, मसँग लड्दै छौ,
समाजसँग हार्ने डरले, बलीको बाख्रो मलाई बनाएकी छौ,
चपेटामा त तिमी अनि मसँगै परेका छौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *