बदनामको राजनीति

आदर्श सुवेदी

उ एकाबिहानै उठ्छ, काम धन्दा केही छैन !
चिया पसलका छुद्र बहसमा सामेल हुन्छ,
आफुलाइ नागरिक अभियान्ता ठान्छ!
सिद्धान्त,सुशासन बिहिन छ उ,
अध्यन लाई पेशा नै मान्दैन!
गैरजिम्मेवार अनलाइनको पिछा पर्छ,
किनकी उ बदनामको राजनीति गर्छ!

समृद्ध देश, शुखी जनता उस्को बहसनै हैन!
क्रान्तिकारी सोच स्खलित भन्छ,
ढुङ्गा मुडालाइ प्रशय गर्छ!
आफुलाइ परिबर्तनको सम्बाहक मान्छ,
दुनियाँ लाई बकबास ठान्छ,
किनकी उ बदनामको राजनिती गर्छ!!

चुनाव! जस्लाइ उ आफ्नो सिजन मान्छ!
मासुभात क्षणिक वाहावाही,
लिटर पेट्रोल मै उसको दैनिकी जान्छ!!
भ्रष्टको चाकडी गर्छ,
कथित सहयात्रीलाई महान मान्छ!
सामाजिक संजाल मा आफ्नो रबाफ देखाउछ,
किनकी उ बदनामको राजनीति गर्छ!!

आपसी झगडा र अस्थिरतामा रमाउने,
त्यसैलाई आफ्नो मार्गदर्शन मान्छ!
दुईचार टोले गुण्डा बोकेर,
राजनैतिक प्रतिनिधि सङ्ग डिल गर्छ!
भोटर लिस्टमा नामै छैन,
तैपनि सोजालाइ हप्काएर नुनको सोझो गर्छ,
किनकी उ बदनामको राजनीति गर्छ!!

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *