कालीचौर – २०७८

शिवशरण ज्ञवाली
बिहानै घाम उदायो हजूर धवल कै चुचुरो
बगेर आयो काली त हजूर हामी त बबुरो ।
पुग्यौ नि हामी दुई नै भाई अँध्यारो छलेर
उज्यालो भेट्ने जीवनको आशा विगत बिर्सेर ।।

तल है पर्यो काली त हजूर माथि त झोलुंगो
भाइसँग हिड्दा आफैमा हजूर मन त हलुङ्गो ।
कालिका माता जङ्गलको बिचमा पारि त ज्योतिष
संस्कृति ज्ञान मिलेर हजूर बनेको त्यो देश ।।

जम्का नै भेट भयो नि मेरो साथी त आफ्नै हो
भेटमा हजूर अँगालो मार्नु दुखको सुख हो ।
नजानिकन रसाए आँखा विगत सम्झेर
नियति हो नि छुट्याउने हाम्लाई मन त के हो र ।।

दुई जिल्ला जोड्ने पुल त हाम्रो त्यै कालीचौरको
गर्भमै चिना लेख्दिने ज्योतिष पाइन्थे पाङको ।
पाल्पाकी देवी पर्वत जाँदा बागलुङ बसेकी
नजानिकन यति कुरा भन्दा लोक नै हाँसेकी ।।

आउँदा नै गर्दा यो नववर्ष स्वागत छ सबैलाई
म बोले हजूर यही गण्डक क्षेत्र शुभ छ सबैलाई ।
पवित्र बनी आउनेछ वर्ष त्यो रोग नै भाग्नेछ
शान्तिको सिंचन गर्दा नि हजूर विश्वले मान्नेछ ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *