गजल : हारमा पनि जीत

सावित्री गिरी, पोखरा
हारमा पनि जीतको आभास पाउने गरेको छु
जलेको मनलाई आगोले निभाउने गरेको छु ।

नजिकैबाबट नियाल्न मलाई सक्दैन नियतीले
भरिदा पनि सकिदा पनि रमाउने गरेको छु ।

जीवनको गति रोकिदो रैछ चल्नेहरुको पनि
मैले त चल्दै नचली गुजारा चलाउने गरेको छु ।

प्यासी छन् बरु अञ्जुली भित्रै सागर खोज्नेहरु
म तिर्खा लाग्दा आफै खोली धाउने गरेको छु ।

यसरी पनि बदनाम हुदैछ, तिम्रो गल्ली अचेल
रोज तिमीलाई भेट्न जाने र आउने गरेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *