आदर्श सुवेदी
ए मृत्यु ! त कस्तो मृत्यु !!
जन्मिदै पनि आउन खोज्ने
धनि गरिब केही नभन्ने!
जे सामर्थ्य देखाएनि पछिपछि हिड्ने
ठूलो र सानो केहिलाइ नगन्ने!!
ए मृत्यु त कस्तो मृत्यु !!
फरक देखिन्छ नाममा !
दिनरात नभनी हिड्दैछ निरन्तर काममा!!
कहिले महामारी रोग भन,
कहिले भयानक दुर्घटना
डराउदैन मृत्यु कहिले,
न रोकिन्छ जाममा!!!
तिमी हिड उ पनि सङ्गै हिड्नेछ!
हरेक दु:ख कष्ट भन्दैन सधै तिमी सङ्गै भिड्नेछ!!
तिम्रो खुसिमा न डाढिन्छ कहिले!
प्राण छोड्नु भन्दा उ पुग्छ पहिले!!!
प्रकृति पनि डराउने कस्तो यो जादु!
राख्दैछ हरेक चिजबिजमा काबु!!
न देखिन्छ आकार यस्को !!
नहुन्छ रङ्ग,सुघन्द तेस्को!!
न पोल्छ सुर्यको तापले यस्लाइ ,
नरोक्छ आधिको चापले यस्लाइ!!
खै कसरी गरु बयान म तेरो !!
छोड्ने छैनस आमाबाबु नि मेरो!!
आउनु सधै गर्नु काम आफ्नो ,
सुधार्नु प्राकृति राख्नु नाम आफ्नो!!
अदृश्य पात्र बहु शक्तिशाली ,
हुदैन यस्तो कोहि भाग्यशाली !!