जीवन

आदर्श सुवेदी
झिस्मिसे बिहानी उठेर घरको दैलो उगार्दै थिए
मन्द मुस्कान सुसेली बतास सङ्गै सुर्य उदाइ दिए
सोचे हिजो अनि आजमा के होला, फरक देखाइदिउँ
आजकै यो स्वर्णिम दिनलाइ इतिहासमा, अमर लेखाइदीउँ

चिरबिर चिरबिर कराउने बसन्तको डालिमा कोहि हेर
चल्दैछ जिबन कसैको यसरी रमाउदै हरेक फेर
आउने जाने गरेर बितेको यो चोला ,अचम्म कस्को होला
रुन्छन बटुवा देखाउछन पीडा खोल्छन दुखको झोला

शुखी र शान्त बनाउने यात्रामा कसैको, जीवन गडेको थियो
सकेनन पार लगाउन क्षितिज पुगि बिचमै कराउदै थियो
थिए बिहानी देखेका सपना, हुर्कदै गरेको होला
दिबाको चर्को रापले सेकेर कोपिला, पाइलामै कति रोला

एउटा काख अर्को पाखामा भनेर चित्कार्नुको के धर
यहि हो जगत, आहुती सबैको, होमन मिलेर गर
अनेक यात्राले भरिएको जीवन रोचक बन्दै थियो
जान्छ कि खान्छकी अमृत भनी कोहि ,खाडल खन्दै थियो

खपे सारा ब्यथाका भारिहरु अब शिखरमा पुगु
डुब्न लागेको सुर्येको किरण सङ्गै क्षितिजमा कसरी उडु
भयो शान्त स्व्च्छ जीवन अबत आनन्द ल्याइरहेछ
झट्ट हेर्छु मैदान तिर रमेर, मृत्यु पो चिहाइरहेछ

यो पनि पढ्नुहोस्

preload imagepreload image