स्मृति

श्याम गैर

चकमन्न सुनसान रातमा,
बतासको बेगको साथमा,
ए, पियारी किन घरिघरि आउँछ्यौ?
मन खुम्च्याउछ्यौ,
आँखाबाट स्मृती खन्याउछ्यौ,
अन्धकारमा बालिएको लाइटको प्रकाश झैँ,
सबैले थाहा पाउने गरी।

प्रभातको प्रकाशले कुत्कुत्याई सक्यो,
मलाई गहिरो निद्राले बसमा पारी सक्यो,
आँखा हरू खुल्दैन,
आमाकाे अभावमा रोएको बालक झै,
किन तिम्रा स्मृतिहरु एक्कै पल पनि भुल्दैनन्?

अहिले आएर बुझ्दै छु,
रातमा तिम्रै स्मृतिको लतमा भिजेपछि,
सुकाउन आवश्यक पर्ने सूर्य ,
अहिले यो अन्धकारमा रात्रिमा कहाँबाट पाउने मैले?

त्यसैले त म स्मृती सुकाउन,
सपनाहरू लुकाउन,
हरेक रात,
स्मृति ओढेर सुत्ने गर्छु।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *