कार्कीकाे चर्चा चुलिदाे

अमृत बास्कुने, म्याग्दी
पछिल्लो समय लाइभ दोहोरी तथा अन्य प्रहसनहरुमा प्रसस्तै सुन्न पाइने नाम हो रबि कार्की । म्याग्दीको बेनी नगरपालिका–९ मा (साबिक घतान गाविस नेप्टेचौैर) जन्मिनुभएका कार्कीले हास्यव्यङ्ग्य बिधाबाट कला क्षेत्रमा पाइला अगाडी बढाउनुभएको थियो । बाबा हिराबहादुर कार्की र माता एकमायाँ कार्कीका माइला सन्तानका रुपमा २०४७ सालमा जन्मनु भएका कार्कीले विभिन्न आरोहअबरोहहरु पार गर्दै आउनु भएको छ ।

लाइभ कार्यक्रममा प्रसस्तै लोकदोहोरी गित गाउनु भएका कार्कीले दर्जन भन्दा बढी गितहरु रेकर्ड गराएरै बजारमा ल्याउनु भएको छ । आफ्नै सामाजिक सञ्जाल युट्युव मार्फत पनि विभिन्न गितहरु बजारमा ल्याउनु भएका कार्की अहिले लोकदोहोरी क्षेत्रमा अलिक व्यस्त कलाकारका रुपमै लिन सकिन्छ ।

No photo description available.

सानै देखि गितसंगित तथा हाँस्यव्यङ्गमा अत्याधिक रुचि राख्ने कार्कीले आफ्नो कला यात्रा पनि हाँस्य विधाबाटै थाल्नु भएको थियो । बाल्यकालमा गाउँघरमा हुने कार्यक्रम होस या स्कूल, क्याम्पस जिवनमा प्रत्यक्ष दोहोरी तथा विभिन्न स्थानका मेला महोत्सवमा सहभागिता जनाउँदै उहाँले विभिन्न उपाधि पनि हासिल गर्नुभएको थियो । कला क्षेत्रमा भएको लगाब र सहभागिभएका ठाउँहरुबाट पाउने उपाधि र स्थानले उहाँलाई यस क्षेत्रमा आउनका लागि थप हौस्याउने काम गरेको थियो ।

बोलेरै प्रभाव पार्ने क्षेत कलाकारित रहेको हुनाले उहाँलाई वि.सं. २०६५ बाट २०७० सम्म म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जमा रेडियो प्रस्तोताको रुपमा काम गर्दा थप उर्जा उहाँलाई मिल्न पुग्यो । कार्कीले पहिलो पटक औपचारिक रुपमा आफ्नो साँगीतिक कोशेली २०७३ फाल्गुन १० गते बेनीबजारमा झर मायालु बोलको गित सार्वजनिक गरे सँगै शुरु भएको मान्न सकिन्छ । त्यस भन्दा पहिला स्टेजहरुमा हाँस्यव्यङ्ग्य प्रहसनहरुमा सक्रिय रहँदै आउनु भएको थियो ।

कार्कीको बेनी बजारमा झर मायाँलु पछि जाम सुस्तै, मायाँ के रैछ, रे रे साईलो, साईली सलक्कै, हास्ने बोल्ने गरे पो मायाँ बढछ, सयौ जुनी जुनी, गलेश्वरको दर्शन, धुपदिप आरती, हुन्छ भन, हरहर बासना अगरबत्तीको, बलेवामा घर छ जस्ता गित तथा भजनहरु बजारमा आएका छन् । त्यसैगगरी घुम्ती घुम्ती रोड (बाग्लुङ्ग पंञ्चकोट), घुम्ती घुम्ती रोड पनि भैसकेछ पिच (जड्याको तिज), चरी बाँसैमा वर्खा मासैमा जस्ता गितहरुले दर्शक श्रोताहरुको मन जितेका छन् ।

No photo description available.

पहिलो सृजना सार्वजनिक गरेको झण्डै ८ वर्षको अवधिमा दर्जन भन्दा बढी गितहरु बजारमा सार्वजनिक गरिसक्नु भएका उहाँ कला क्षेत्रमै रम्दै आउनु भएको छ । विभिन्न गित तथा भिडियो सार्वजनिक गर्दै गर्दा समेटिएका अनुभवहरु पनि फरक फरक रहेको उहाँले अनुभव सुनाउनुभयो । जिल्लाको मौलिकपन तथा साँस्कृतिक पर्यटन प्रर्वद्धनलाइ टेवा पुगोस भन्ने हेतुले उहाँले तयार गर्नुभएको गित बेनी बजार झर मायाँलुले राम्रै चर्चा पाएको थियो । त्यस्तै पवित्र तिर्थस्थल गलेश्वरधामको चर्चा गर्दै गलेश्वरको दर्शन भजन सृजना गर्नुभएको थियो ।

पर्यटकीय दृष्टिले रचना गरेका गितहरु रे रे साईलो तथा घुम्ती घुम्ती रोड–बाग्लुङ्ग पंञ्चकोट गितले देशविदेशमा राम्रै चर्चा पाउने गरेको उहाँको अनुभव छ । रेलै सलल, कलधारा पानीको बोलको गितले पनि दर्शक श्रोताको राम्रो मायाँ पाइरहेको छ । कार्कीले हालै मात्र शिब भजन पन िबजारमा ल्याउनु भएको छ र त्यसले पनि शुरुआतकै समयमा राम्रै चर्चा कमाउन थालेको छ । कार्कीले मदिरा सेवन गरेको एक पात्रको रुपमा चरित्र अभिनय गर्ने पनि गर्नुभएको छ । प्रत्यक्ष दोहोरीको अभिनित पात्रले एक फरक परिचय जड्या गायक रबि कार्की भन्ने नाम पनि दिलाएको छ ।

नेपाल भित्र धेरै ठाउँहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने गर्नुभएका कार्कीले कार्कीले बैदैशीक कार्यक्रमहरुमा पनि आफ्नो क्षमता प्रस्तुत गरेर फर्कनु भएको छ । उहाँले कतार तथा संयुक्त अरब इमरेट्स(युएइंमा पनि पुगेर आफ्नो दमदार प्रस्तुती दिएर फर्कनु भएको छ ।

कला संगितको क्षेत्रमा मात्रै नभएर कार्की सामाजिक संघसंस्थामा पनि सक्रिय रुपमा काम गर्दै आउनु भएको छ । उहाँ धौलागिरी नाट्य समूहको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै जन–नाट्य मंञ्च, म्याग्दीको अध्यक्ष, सिर्जनसिल युवा क्लवको सल्लाहकार हुनुहुन्छ । त्यस्तै काउलेगौंडा युवा कल्वको साँस्कृतिक अध्यक्ष, नेपाल साँस्कृक्तिक पेशाकर्मी संघको केन्द्रीय सदस्यको जिम्मेवारी निभाई रहनु भएको छ ।

कला तथा संगितको क्षेत्रमा कार्य गर्दै जाँदा उहाँले विभिन्न प्रकारका सम्मान तथा पुरस्कारहरु पनि प्राप्त गर्नुभएको छ । कार्कीले राष्ट्रिय युवा प्रतिभा पुरस्कार–२०७३, काउले गौडा युवा कल्वद्वारा सम्मान–२०७७, बाग्लुङ्ग नगरपालिकाको पर्यटन विकास कार्यक्रमद्वारा –२०८० मा सम्मानित हुनुभएको छ ।

त्यस्तै नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले २०८०मा सम्मान गरेको थियो । २०८० मै उहाँलाई राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले पनि सम्मान गरेको थियो । तीन सय भन्दा बढी मेला तथा महोत्सवहरुमा सहभागिता जनाउँदै सम्मनित हुनुभएका कार्कीले नृत्य, गायन, शब्द संकलन, लय सृजना, प्रत्यक्ष दोहोरी गाउनुका साथै हाँस्य व्यङ्ग्यमा दख्खल राख्नु हुन्छ । उहाँको रुचिको विषय मध्यको अर्को एउटा भनेको वाद्यवादन पनि हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *