‘साँझ पर्यो झमक्क’ का कोरस कलाकार बागलुङ, म्याग्दी र गुल्मीका (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ
गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ’वसन्त’ चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ।

यो फिल्मको केही दिनअघि पहिलो गीत ’साँझ पर्यो झमक्क’ सार्वजनिक गरियो, जुन यतिबेला राम्रो भ्युजका साथ युट्युब ट्रेन्डिङमा छ।

प्रकाशको गृहजिल्ला बागलुङमा खिचिएको गीतको भिडिओमा उनी स्वयं र अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारहरू छन्। कोरसमा १ सय जना हाराहारीको नृत्य देख्न सकिन्छ।

कोरसमा नाच्ने यी सबै कलाकार स्थानीय स्तरबाट खोजिएका हुन्। स्थानीय कलाकारहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने ध्येयले यसो गरिएको ’वसन्त’ का प्रोजेक्ट हेड दिल शिरीषले बताउनु भयो।

उहाँका अनुसार भिडिओको पृष्ठभूमिमा नृत्य गर्नेहरू बागलुङ, पर्वत, म्याग्दी र गुल्मीबाट ल्याइएका हुन्।

उसो त ’वसन्त’ टिमको योजना बागलुङ काठेखोला गाउँपालिकाभित्रकै स्थानीय प्रतिभालाई लिने थियो। त्यसका लागि प्रकाशसहित उनी केही विद्यालयमा पुगेका थिए। यद्यपि, त्यहाँबाट मात्रै संख्या नपुगेपछि छिमेकी जिल्लाहरूबाट झिकाइएको शिरीषले बताउनु भयो ।

उहाँका अनुसार कोरस कलाकारहरूको संयोजनको जिम्मेवारी स्थानीय डान्स स्टुडिओ डायनामिक डान्स ग्रुपका प्रशिक्षक रोमन घमाललाई दिइएको थियो।

’हामीसँग कोरसमा काठमाडौं र पोखराबाट डान्सर लैजाने विकल्प थियो। त्यसरी काम गर्दा खर्च कम हुन सक्थ्यो,’ प्रोजेक्ट हेड शिरीषले भन्नुभयो ’हामीले छिमेकी जिल्लाहरूबाट कोरस झिकाउँदा केही खर्चिलो त भयो यद्यपि, स्थानीय प्रतिभालाई प्रस्तुत गराउन पाउँदा र उनीहरुमा उत्साह देख्दा एकदमै खुसी छौं।’

सार्वजनिक ’साँझ प¥यो झमक्क’ को कुरा यो गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। गीतमा प्रकाशसँगै शान्तिश्री परियारको स्वर छ। प्रकाशकै संगीत रहेको गीतका एरेन्जर सुदीप सागर हुन्।

’वसन्त’ मा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्री लगायतको अभिनय छ।

गलबन्दी प्रोडक्सनबाट बनेको वसन्तको कथा र संगीत पनि प्रकाशकै हो। मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ।

सेतोपाटीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *