आदर्श सञ्चार, बागलुङ
गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् । वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा चौहानले मुद्दा दायर गरेकी हुन् ।
गत वैशाखमा बागलुङका विष्णु सापकोटा र एलिनाको विवाह भएको थियो ।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा श्रीमान विष्णुले विभिन्न शंका–उपशंका गरेको उल्लेख गरेकी छिन् ।