राष्ट्रिय सहकारी बैंकको साधारणसभा पुस ३ गते

आदर्श अनलाइन,ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आगामी ३ गते हुने भएको छ ।
बैंक सञ्चालक समितिको आइतवार सम्पन्न बैठकले काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको सहकारी बैंकमा हाल ११ हजार ३ सय सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । देशभरका सबै सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा हुने वार्षिक साधारणसभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

बैंकलाई थप प्रभावकारी बनाउने, सदस्य संघ संस्थाहरुको प्रवद्र्धनका लागि नयाँ कार्यक्रम तथा प्रस्तावहरु ल्याउने भएकाले सबै सदस्य संघ संस्थाका प्रतिनिधिहरुलाई साधारणसभामा सहभागिताका लागि बैंकले आव्हान गरेको छ ।

४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुको शेयर रकम १ अर्ब ६८ करोड ३८ लाख, निक्षेप २८ अर्ब ४० करोड र कर्जा २० अर्ब रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

 . 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *