बागलुङमा खानेपानी फेरि अबरुद्ध


–आदर्श अनलाईन, बागलुङ

बागलुङ बजारमा खानेपानीको आपूर्ती गराई राखेको बागलुङ नगर खानेपानीको पाइप बगाउदा खानेपानीमा पुन: समस्या भएको छ ।

गत असार ६ गते पाईप बगाउदा दुई हप्ता खानेपानी अबरुद्ध भएको थियो । दुई हप्ता पानी नआउदा खानेपानी संस्थाले नागरिकको चर्को दवाव समेत खेप्नु परेको थियो ।

अविरल वर्ष संगै आएको पहिरोले आइतबार देखि पुन खानेपानी अवरुद्ध भएको छ । अविरल बर्षापछि आएको पहिरोले बागलुङ बजार क्षेत्र भित्र पिउनको लागि रेश र भुदी खोला मुहानबाट ल्याईएको पानीको पाईप दोविल्ला र बानपा–३ बोक्सेमा बगाएका कारण खानेपानी पुन: अवरुद्ध भएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

तत्काल पाइप बगाएको दुवै स्थानमा पाईप मर्मतको कार्य थाले पनि सम्पन हुन केही दिन लाग्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *