दीगो वन व्यवस्थापन र उपयोगमा जोड

नेपाली समाजमा निकै पुरानो कथन छ–हरियो वन, नेपालको धन । तर, यो वाणी व्यवहारिकताका कसीमा राखेर हेर्दा मात्र नारा जस्तो आभाष हुन्छ । किनकी नेपालमा वनहरु, त्यसमा पनि सामुदायिक वनहरु संरक्षणमुखी भएको गुनासो छ । पछिल्लो समय सामुदायिक वनलाई उद्यम, आयआर्जन र समृद्धिसँग जोड्नुपर्ने बहस शुरु भए पनि नीति, नियम ऐन कानुनको प्रक्रियागत झञ्झटका कारण अपेक्षित हिसावले सामुदायिक वनबाट उपभोक्ता लाभान्वित हुन पाएका छैनन् । यही क्रममा आइतबार नेपालमा २०३० साल साउन २५ गते पहिलो पटक नेपाल सरकारले वनलाई समुदायमा हस्तान्तरण गरिएको दिनको स्मरणमा सामुदायिक वन दिवस मनाएको छ । दिवसकै सेरोफेरोमाआदर्शकर्मी साधना पन्तले सामुदायिक वनका अभियन्ता र सरकारी अधिकारीका प्रतिनिधि विचार समेट्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशंः

राज थापा
अध्यक्ष
सामुदायिक वन उपभोक्ता महासंघ, बागलुङ

अहिले नेपालमा २०५२ साल यता सामुदायिक वन २२ हजार २ सय ६६ वटा क्रियाशिलल छन् । बागलुङमा ५ सय ३० वटा सामुदायिक बन छन् । नेपालमा सामुदायिक बनको २०५२ भन्दा पहिले खासै विकास हुन नसकेको र ५२ साल पछि समुदायलाई हस्तान्तरण गरे पछि सामुदायिक वनको ठूलो विकास भएको छ । विश्वमै सामुदायिक बनले उदाहरणिय काम गरेको छ । सामुदायिक वनले जलबायु परिर्वतनको प्रभाव रोक्नमा वातावरणमा धेरै राम्रो काम पु¥याएको छ ।

नेपालमा सामुदायिक वनलाई संरक्षणका लागी नेपालमा अहिले संघिय संरचनामा गए पछि तीन तहको सरकारले हेर्ने किसिमको व्यवस्थाको तयारी छ । तर, सामुदायिक वनलाई स्थानीय सरकारलेनै संरक्षण गर्ने जिम्मा दिने हो भने धेरै राम्रो हुने हामीलाई लाग्दछ । सामुदायिक वनलाई बिशेष गरी समाबेशीको कुरालाई हामीहरुले उठाएका छौ । हामीहरुले समाबेशीमा महिला,पुरुष, अल्पसख्यक, उत्पिडनमा रहेका वर्गहरु सवैलाई हामीहरुले समाबेशी गराएका छौ । हामीहरुले सामुदायिक बनमा समावेशीको नमुनाको रुपमा पनि लिन सकिन्छ । नेपालमा धेरै ठुला ठुला बनहरु छन् । तिनीहरु राष्ट्रिय वनमा राखिएको छ तर, हामीहरुले सवै वन सामुदायिक वनमा आउनु पर्दछ भन्ने हाम्रो मान्यता छ । नेपालका वनहरु समुदायका मानिसहरुले भोकचलन गर्न सक्दछन्, उपयोग गर्न सक्दछन् भने त्यस्ता खालका वनहरुलाई समुदायमा ल्याउनु पर्दछ भनेर हामीहरुले कुरा उठाउदै आएका छौ । सरकारले सामुदायिक बनलाई अझै राम्रो सँग संरक्षण र उपयोग गर्ने नीति ल्याउने हो भने नेपाललाई वनबाटै समृद्धि तिर लैजान सकिन्छ । सामुदायिक वनमा जडिबुटी, काठ दाउरा, घाँसपात, बन्यजन्तुहरु धेरै कुरा पाउन सकिन्छ । नेपाललाई पर्यटन प्रर्वद्धनका लागि सामुदायिक वनले ठूलो टेवा पु¥याउँछ ।

नेपालमा अहिले आरक्षको नाउमा, निकुञ्जको नाउमा वनको आसपासमा बस्ने समुदायले वनको व्यवस्थापन र प्रयोग गर्न पाइराखेको छैन । वनमा रहेका जडिबुटीहरु, काठहरु, घाँसको प्रयोग गर्न सकेका छैनन । यस्ता खालका बनहरुलाई समुदायलाई दिने हो भने बनको संरक्षण संम्र्वद्धन पनि राम्रो हुन्छ । र वनको अहिले जुन ढङ्गले उपयोग गर्नहुने हो, त्यसको पनि उपयोग हुन्छ । वनको खेर गएका जडिबुटी,काठ दाउराको सदुपयोग गर्ने र वनलाई हराभरा बनाउनका लागि समुदाय मार्फतनै दीगोपनको व्यवस्थापन कार्यक्रमलाई अगाडी बढाउनु पर्दछ भनेर अवधारणा ल्याएका छौ हामीहरुले ।

अहिले नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापन भनेको वनहरु फाँड्ने काम भन्ने बुझाइको अभ्यास छ । त्यसलाई हामीले यस्ता खालका कामले वनको संरक्षण गर्दैन । यो समुदायको हितमा छैन, बिनाशकारी किसिमको छ भनेका छौ । संरक्षण बिधि ल्याउने हो भने दीगो बन व्यवस्थापन नीति नै लिएर जानु पर्दछ ।

रोमराज लामिछाने
कार्यालय प्रमुख
डिभिजन वन कार्यालय, बागलुङ

सामुदायिक वनको अवधारणामा भन्नु पर्दा समुदायका मानिसहरुले नजिकमा रहेका परापूर्व कालदेखी प्रयोग गर्दै आइ राखेको वनलाई संरक्षण गर्ने,व्यवस्थापन गर्ने र त्यहाँबाट आएका घाँस, दाउरा, जडिबुटीहरुलाई मानिसहरुले उपयोग गर्ने र बढी भएका जडिबुटी, काठ दाउरालाई बाहिर निकासा गर्नेलाई सामुदायिक वनको अवधारणा हो ।

हाम्रो देशमा धेरै स्थानहरु भिरालो जमिन रहेका छन् । हामीहरुले सामुदायिक वनको संरक्षण गर्ने हो भने पहिरोको जोखिम कम हुने, जैबिक बिबिधताको संरक्षण पनि हुने भयो । हामीहरुले सामुदायिक वनलाई समृद्धि सँग जोड्नका लागि वनबाट रोजगारीको सृजना गर्न सकिन्छ । काठ दाउरा, जडिबुटीको भरपुर प्रयोग गर्न सकिन्छ । बागलुङको हिसाबले अल्लोको प्रयोग गरेर हाते कागजहरु बनाएका छन् । सामुदायिक वन मानिसहरुको आयआर्जन सँग जोडिएको छ । हामीहरुले वनबाट समुदायमा सामाजिक विकास गर्न सकिन्छ । हामीहरुले सामुदायिक वनहरुलाई सवै तरिकाबाट प्रयोेग गर्न सकिन्छ । अहिले पर्यटन प्रर्वद्धनमा वनलाई प्रयोग गर्न सकिन्छ । गण्डकी प्रदेशले सामुदायिक वनबाट होम स्टे संचालन गर्ने अवधारणा समेत ल्याएको छ । सरकारले मानिसहरुलाई वनबाट लिन सकिने फाइदाको विषयमा कार्यक्रम गराउनु पर्दछ । हामीहरुले सामुदायिक वनको बहुआयामिक फाइदाका विषयमा सवैलाई जानकारी गराउँदै आएका छौ ।

अहिले विकास निर्माणको नाममा जथाभावी वन फडानी गरेर सडक निर्माण गरिएको पाइन्छ । यसले गर्दा प्राकृतिक प्रकोप आउने जनधनको क्षति भएको छ । यस विषयमा स्थानीय सरकारको विशेष ध्यान जानुपर्दछ ।

प्रेम लामिछाने
केन्द्रिय सदस्य
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल

सामुदायिक वनलाई दीगो वन व्यवस्थापन अवधारणा अनुसार अगाडी बढाउनु पर्दछ । दीगो वन व्यवस्थापन, गरिबी निवारण, उद्यमशिलता र वनलाई आयआर्जन सँग जोड्नका लागि कृषि वन अनुसार काम गर्नु पर्दछ । वन काठ दाउराका लागि मात्र नभएर मानिसहरुको जिविकोपार्जन सँग जोडिएको हुनाले हामीहरुले वनको सही सदुपयोग गर्नु पर्दछ । वनलाई जडिबुटी,पर्यटन, पानीको स्रोत , फलफुलहरुको लागि वनको सही सदुपयोग गर्नु पर्दछ । हामीहरुले वनलाई धेरै कुराबाट प्रयोग गर्न सकिन्छ । तर, वन व्यवस्थापनका लागि हामीहरुले के–के कुरा गर्दैछौ भन्ने विषय मुख्य हो । देशलाई समृद्धिको बाटोमा लैजानका लागी हामीहरुले वनलाई उद्यम सँग जोड्नु पर्दछ ।
सामुदायिक वनको स्याहार सम्भार गर्नु पर्दछ । सामुदायिक वनमा स्थानीय सुदायको पहुँच भएमा विकास सम्भव छ । सामाुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वन कार्यक्रमले वनको संरक्षण सँगै ग्रामिण मानिसहरुको जिविकोपार्जका लागि ठूलो योगदान समेत पुगेको छ । सामुदायिक वनले समुदायमा विद्यालय निर्माण, पानीको व्यवस्थापन र ग्रामीण क्षेत्रका मानिसहरुलाई आर्थिक रुपमा सशक्त गराउन समेत मद्धत गरेको छ । हामीहरुले सुशासनको कुरालाई मजबुत बनाएर जनताको जिविकोपार्जन, आयआर्जन सँग सामुदायिक वनलाई जोड्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *