मुलुककै प्रसिद्ध शक्तिपिठमा पर्छ बागलुङ कालिका भगवती मन्दिर । सामान्य समयमा यहाँ दैनिक सयौं श्रद्धालु भक्तजन पुजाआजा र दर्शनका लागि आउँथे । तर, अहिले मन्दिर सुनसान जस्ता छन् । विश्वव्यापी कोरोना महामारीको सुरुको ५/६ महिना त मन्दिरमै प्रवेश निषेध गरियो । यसको प्रत्यक्ष मारमा मन्दिर परिसरमा फूल प्रसाद बिक्री गर्नेहरु परेका छन् । भगवानकै अघि आफ्नो अनिश्चित व्यावसायिक जीवनका बारेमा चिन्तामा रहेका व्यवसायीसँग आदर्शकर्मी साधना पन्तले उनीहरुको कोरोना सकसका बारेमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
देवेन्द्रप्रसाद/लक्षमी शर्मा
कालिका मन्दिरमा पुजा, प्रसाद बिक्री गरेर बस्ना लागेको ३० वर्ष भइसक्यो । लामो समय मन्दिरमा भक्तजनलाई फुल प्रसाद बिक्री गरेर बस्दा कहिल्यै यस्तो समस्या परेको थिएन । अहिले कोरोनाले गर्दा बिहान बेलुका के खाने भनेर सोच्नु पर्ने अवस्था अएको छ । कोरोना महामारीले व्यापारीलाई समस्या भएको छ । अझ धेरै हामीहरु समस्यामा परेका छौ । हाम्रो व्यापार हुने समय भनेको चैते दसैं र बर्खे दशैंमा हो । अहिले चैतमा चैते दसैंै मनाउने भनेर पुजाको समाग्रीहरु मगाएर तयारी बसेका थियौ । तर त्यही समयमा कोरोना महामारीले लडकाउन भयो । लकडाउनले गर्दा पुजाको लागि प्रसाद, नरिवल जस्ता कच्चा पदार्थ बिग्रिएर १४ लाख घाटा भएको छ । हामीले नरिवल एकैचोटी खरिद गरेर बागलुङमा अन्य पसलमा पु¥याउने काम गर्ने भएकाले मैले दुई ट्रक नरिवल चैते दसैंमा पसलमा झारेको थियौ । कोरोनाले हामीलाई मारमा पारेको छ । कालिका भगवती व्यवस्थापन समितिले हामीलाई बैशाख, जेठ, असारको भाँडा मिनाहा गरिदिएको छ । तर, त्यसपछिका चार महिना पनि व्यापार गर्ने पाएका छैनौ । त्यसको भाँडा के गर्ने भनेर अन्यौलमा परेका छौ । महिनाको २२ हजार कोठा भाँडा तिरेर बसेका छौ । तर, अहिले कसरी तिर्ने भनेर सोँच्ननी सकेका छैनौ । अब गुठी व्यवस्थापन समितिले भाँडामा के निर्णय गर्नुहुन्छ भनेर कुरेर बसेका छौं । यतिका वर्ष यहाँ पसल गरेर बसेका थियौ, केही समस्या परेको थिएन । मन्दिरको समितिले पनि हामीलाई समस्यामा पार्नु भएको थिएन । अहिले हामीहरु धेरै मारमा परेका छौ । व्यवस्थापन समितिले हाम्रो बारेमा अझै केही सोचिदिए हुन्थ्यो भन्ने लागेको छ ।
देवी शर्मा
कोरोना महामारीले गर्दा ८ महिना व्यापार ठप्प भयो । धेरै वर्ष भयो मन्दिरमा भक्तजनलाई फूल प्रसाद बिक्री गरेर घर परिवार चलाएको । महिनाको २२ हजार कोठा भाँडा छ, व्यापार केही छैन । मन्दिर व्यवस्थापन समितिले ३ महिनाको छुट गरे पनि बाँकी महिनाको कोठा भाँडा कसरी दिने ? समितिका अध्यक्ष राजु खड्का सरले अन्य मन्दिरले जे निणर्य गर्नुहुन्छ, हजुरहरुले पनि त्यही गर्नुपर्छ भन्नुभएको छ । अहिले सम्म भाँडा माग्न त आउनु भएको छैन । तर, तिर्नु त पर्छ होला नै । त्यो समयमा हामीहरुले के गर्ने भनेर सोचेका छौ । हाम्रो व्यापार चैते दसैैंमा र बर्खे दसंैमा हुन्छ । हामीले चैते दसैंको आम्दानीले ६ महिनालाई पुराउँदछौ । र बर्खे दसैंको आम्दानीले ६ महिनालाई पु¥याउने गरेका छौ । तर, चैत महिनामा मात्र ७ लाखको घाटा भएको छ । नरिवल जम्मै कुहिएर सकियो । सवै महिना पुजा पाठ हुँदैन । अन्य समय शनिवार र मंगलबार पुजा हुन्छ । त्यसले बिहान बेलुका छाक टार्न ठिक्क हुन्छ । कोरोनाको समयमा लकडाउन भयो । त्यसपछी अन्य व्यापारहरु खुल्ला भए तर मन्दिर खुल्ला नहुनाले हाम्रो व्यापार ठप्प भयो । दसैंमा खुल्छ की भनेर आशा गरेका थियौ । तर, दसैैंमा पनि बजार खुल्यो, मन्दिर बन्द भयो । यसरी हामीहरुले के गर्ने, कसरी चल्ने भन्ने भएको छ । अहिले मंसिर महिनाभर बिहे गर्नका लागि मन्दिरमा मानिसहरु देख्न पाईन्छ । तर, धेरै व्यापार भने छैन । त्यसैले मन्दिर व्यवस्थापन समितिले हाम्रो लागी कोरोना समयको भाँडामा छुट गरिदिए राम्रो हुने थियो ।
मिना बोहोरा
मन्दिर परिसरमा व्यापार गर्न बसेको २८ वर्ष भयो । तर, अहिले जस्तो संकट कहिल्यै परेको थिएन । कोरोनाले गर्दा धेरै मारमा परेको छु । ८ महिना भयो व्यापार नभएको । सिजनमा फूल प्रसाद व्यापार गरेर दैनिकी गुजारा गरेका थियौ । दसैं पछि पसल खोले पनि पहिले जस्तो न चहल पहल छ, न व्यापार छ । सटर भाँडा तिरेका छैनौ । चैते दसैंमा धेरै घाटा भयो । नरिवल कुहिए, बर्खे दसैंमा पनि व्यापार भएन । व्यापार हुने भनेकै त्यही समय हो । कोरोना भन्दा पहिले दैनिक ४ हजार देखी ७ हजार सम्म आम्दानी थियो । अहिले मुश्किलले बोहनी हुन्छ । मलाई याद छ, सुरुमा यहाँ पसल राखेर बस्ने बेलामा हामीले महिनाको ३ सय भाँडा दिएर बसेका थियौ । समय अनुसार भाँडा पनि बृद्धि भयो । भवन बर्नायो र भवनमा व्यापार गर्न सुरु गरियो । व्यापार भएको समयमा कोठा भाँडा २२ हजार ठीकै हो । तर, अहिले हामीहरु धेरै समस्यामा परेका छौ । भाँडा कसरी दिने ? व्यापार नभए पछि भन्ने कुराले चिन्तित भएका छौ ।
मनकली थापा
कालिका मन्दिरमा पुजाका सामाग्रीहरु बिक्री गर्ने भनेर आएको जम्मा दुई महिना भयो । छोरीले ५ लाखमा कोरोना महामारीमा व्यापार गर्ने भनेर किनेकी हुन् । तर, व्यापार छैन । सुरु नगर्दै बन्द गर्न पर्ने हो की भनेर चिन्ता परेको छ । लगानी डुब्ने त होइन भन्ने चिन्ताले निद्रा लाग्न छाडेको छ । आमा छोरी बिहानै आउछम्, व्यापार हुन्छ की आज त भनेर । तर, बोहनी पनि नहुदाँ समस्या भएको छ । सटर भाँडा २२ हजार छ । तर, आएबाट तिरेको छैन । तिर्नु पनि कसरी ? व्यापार छैन, भएको पैसा यही पसल किन्दा सकियो । समस्यामा परेका छौ हामीहरु । के गर्ने, के नगर्ने भन्ने अन्यौलमा परेका छौ । अब लकडाउन भएन भने व्यापार हुन्छ की भन्ने आशा लागेको छ ।
सावित्री खड्का कार्की
२१ वर्ष भयो मन्दिरमा पुजा सामाग्रीहरु बिक्री गर्न लागेको । कोरोना नआउँदै दैनिक ४ हजार जति आम्दानी हुने गरेको तर अहिले बोहनी पनि भएको छैन । चैते दसैंले र बर्खे दसैंलेनै सालभरी हामीहरु आत्तिनु पर्ने थिएन । तर, अहिले चैते दसैंको मुखमै लकडाउन भएर ५ लाख घाटा भयो । प्रसाद र नरिवल बिग्रिएर सवै फाल्नु पर्ने भयो । बर्खे दसैंमा त व्यापार गर्न पाईन्छ की भनेर बसेका थियौ । बर्खे दसंैमा पनि लकडाउन भयो । यसले गर्दा हामीहरु धेरै मारमा परेका छौ । कोठा भाँडा त्यस्तै महंगो छ । हामीहरु कुनामा छौ । छेउमा भएका मानिसहरुले धेरै ग्राहक आफ्नोमा बोलाउनु हुन्छ । अहिले दसंैको दिनबाट जे पर्छ पर्छ भनेर पसल खोलेका हौ हामीले । तर, भक्तजनहरु नआउँदा व्यापार भएन । मन्दिर व्यवस्थापन समितिले हाम्रो बारेमा केही भएन भाँडामा छुट गरिदिए राम्रो हुने थियो । हामीले व्यापार हुन साथ भाँडा दिनेनै छौ । तर, अहिले समस्या छ ।
डिलु जिसी
कोरोनाले गर्दा चैते दसैंमा १० बोरा नरिवल झारेको थिए सवै बिग्रियो । यो कोरोनाले हामी दैनिक काम गरेर खाने मानिसहरुलाई धेरै मारमा पारेको छ । १० लाख घाटा भएको छ कोरोनाको समयमा । चार लाख अझै नरिवलको पैसा दिन बाँकी छ । तर, व्यापार छैन । कसरी दिने त पैसा मैले भन्ने गरेको छु । कोठा भाँडा नदिएको पनि धेरै भयो । मन्दिर व्यवस्थापन समितिले तीन महिनाको भाँडा नदिए हुन्छ भन्नु भएको छ । अब अरु महिनाको भाँडा उठाउने हुन् भन्ने कुरा बाहिरबाट सुनेको छु । कसरी दिने भाँडा भनेर तनाब भएको छ । यो महामारीमा अन्य व्यवसाय गर्ने मानिसहरुले समय समयमा पसल खोलेर व्यापार त गर्नु भयो । हामीहरुले त पसल खोल्न पनि पाएनौ । सबै बजार खुल्ला हुँदा मन्दिर बन्द भयो । चाडबाडमा व्यापार हुने हो । चाडबाडको समयमा मन्दिर खोल्न नपाउने भनियो । यसले गर्दा हामीहरु मारको मारमा छौ । त्यसकारण हामीलाई भाँडामा छुट दिएमा ठुलो राहत हुने थियो ।
टिकामाया बोहोरा
लामो समय भयो पुजा सामग्रीहरु कालीका मन्दिरमा बिक्रीा गरेर बस्न लागेको । कोरोनाले गर्दा अहिले धेरै समस्या भएको छ । कोठा भाँडा धेरै छ, आम्दानी छैन । घर चलाउन समेत समस्या भएको समयमा अहिले त व्यापार हुन्छ की भनेर आशा गर्नु मात्र भएको छ । सवै ठाउँ खोले पनि मन्दिरमा पुजा पाठ गर्न रोक लगाएकाले हाम्रो व्यापार छैन । मन्दिरको व्यवस्थापन समितिले भाँडामा ३ महिना छुट गरे पनि अन्य महिनाको भाँडा कसरी दिने चिन्ता बढेको छ । बैशाख, जेठ, असार महिनाको भाँडा मिनाही भएको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिर महिनाको कसरी तिर्न भनेर चिन्ता बढेको छ । व्यापार भए पछि हामीहरुले भाँडा दिनै पर्छ र दिन्छौ पनि तर व्यापार नभएका कारणले के गर्ने हामीहरुले । त्यसकारण मन्दिर व्यवस्थापन समितिले हामीलाई सहज बातावरण गराईदिए राम्रो हुने थियो ।