कोरोना सकसः के छ स्थानीय तहको तयारी ?

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । यस क्रममा नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ । अझै तीन तहका सरकारले समयमै यथेष्ट सचेतताका लागि आवश्यक पहल कदमी नलिने हो भने यसले महामारीकै रुप लिने खतरा देखिन्छ । जुन छिमेक देश भारतले भोगिरहेको छ । यस्तो अवस्थामा बागलुङका स्थानीय तहहरुले के गर्दैछन् ? कोरोना रोकथाम, उपचार र नियन्त्रणको जिल्लाका स्थानीय तहको पछिल्लो तयारी र योजनाका बारेमा आदर्शकर्मी साधना पन्तले सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु सँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

चुडामणी कंडेल
स्वास्थ्य शाखा प्रमुख
बडिगाड गाउँपालिका

कारोनाको जोखिम अहिले बढेको अवस्था छ । यस समयमा हाम्रो गाउँपालिकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सवैलाई अनुरोध गरेका छौ । बडिगाड गाउँपालिकामै कोरोना संक्रमित नभए पनि यहाँका मानिसहरु बागलुङ र बुटवलमा कोरोना संक्रमित हुनुहुन्छ । यहाँ पनि कोरोना संक्रमित नहुनु होला भन्न सकिने अवस्था भने छैन । अहिले सम्म हाम्रो स्वास्थ्य शाखामा कोरोनाको लक्षण देखा परेका मानिसहरुको किटबाट चेकजाँच गरेको अवस्था भने छ ।

पछिल्लो समय हामीहरु त्यति धेरै कोरोनाका विषयमा सक्रिय रुपमा लागेका थिएनौ । तर अब भने हामीहरु सक्रिय रुपमा लाग्नु पर्ने अवस्था आएको हामीले महुशुस गरेका छौ । होम क्वारेन्टिनको लागि हामीहरुले मानिसहरुलाई भनिसकेको अवस्था छ । जति पनि विदेशबाट आउनु हुन्छ, उहाँँहरुलाई १० दिन होम क्वारेन्टिन बसेर मात्र बाहिर निस्कन आग्रह गरेका छौ । पहिलाको जस्तो कन्ट्याक्ट टे«सिङ नभए पनि बिरामी भएर स्वास्थ्य चौकी आएका मानिसहरुको पीसीआर टेस्ट गर्ने वातावरण मिलाएका छौ । अहिलेको अवस्थामा जसलाई कोरोना लागेको छ, त्यसलाई लक्षित गरेर उपचार गर्ने सरकारको निर्देशन भएकाले हामीहरुले कोरोना संक्रमित भएको खण्डमा कसरी उपचार गर्ने भन्ने तयारीमा छौ ।

गाउँपालिकामा विभिन्न कोरोना सम्वन्धी जनचेतनामूलक कार्यक्रमहरु गरेको अवस्था छ । अहिलेको अवस्थामा हामीहरुले भन्ने भनेको सवै स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक रुपमा घर बाहिर ननिस्कनका लागि अनुरोध गर्ने मात्र हो । स्वंयम् मानिसहरु आफै पनि सजग हुन आवश्यक देखिन्छ । कोरोनाका कारण भयग्रस्त अवस्था आईसकेकाले हाम्रो ठाउँमा कोरोना आएको छैन भनेर लापरबाही गर्नु हँुदैन भनेर हामीहरुले बारम्बार सचेत बनाउने गरेको अवस्था छ । र हामीहरु आगामी योजनाका लागि लगत्तै बैंठक समेत बस्ने तयारी गरिएको छ ।

पदम बहादुर पुन
स्वास्थ्य शाखा प्रमुख
बरेङ गाउँपालिका

बरेङ गाउँपालिका कारोना महामारी बढे सँगै स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरेको अवस्था छ । कोरोना दिन प्रतिदिन बढेसंगै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले निर्देशन दिए अनुसार सचेतता अपनाइएको छ ।

पहिला पनि कोरोना महामारीले गर्दा हामीहरु लकडाउन खेपेको अवस्था थियो । त्यो अवस्था नआउन दिनका लागि हामीहरुले निरन्तर मानिसहरुलाई जनचेतनामूलक कार्यक्रम गरिरहेका छौ । व्यवस्थित क्वारेन्टिन, आइसोलेसन, होम क्वारेन्टिन, होम आइसोलेसन र व्यवस्थित रुपमा कोरोना संक्रमितलाई उपचार कसरी गर्ने बिषयमा हामीहरु लगातार बिपद व्यवस्थापन समिति संग बैंठक बसेको अवस्था छ ।

बिदेशबाट आएका मानिसहरुलाई पनि होम क्वारेन्टिन बस्नका लागि भनिएको छ । गाउँपालिकामा आउने मानिसहरुको निगरानी गरिएको अवस्था पनि छ । त्यसकारणले हामीहरु अहिले कोरोनालाई नै प्राथमिकता दिएर हाम्रो गाउँपालिकालाई कसरी कोरोना मुक्त बनाउन सकिन्छ भनेर लागी परेका छौ । गाउँपालिकाकै स्वास्थ्य चौकीमा पीसीआर टेस्ट गरेका मानिसहरुमा अहिले सम्म कोरोना संक्रमण पुष्टी भएका छैन तर हामीहरु कोरोनाको लक्षण देखा परेका मानिसहरुको भने पीसीआर टेस्ट गरेका छौ ।

विद्यालयको हकमा हेर्दा अहिले सम्म हाम्रो बरेङ गाउँपालिका सुरक्षित भएकाले विद्यालय तत्कालनै बन्द गर्ने भन्ने योजना छैन । तर, बिपद व्यवस्थापन समितिको बैंठक बसेर जोखिम देखा परेमा तत्काल विद्यालय बन्द गर्नुपरेको खण्डमा गर्ने समेत योजना बनाएका छौ ।

मिनराज गैरे
स्वास्थ्य शाखा प्रमुख
गल्कोट नगरपालिका
गल्कोट नगरपालिकाले नगरमा भिडभाड गर्न, सभा सम्मेलन गर्नका लागि रोक लागाई सकेको अवस्था छ । कोरोना महामारीको अहिले जोखिम भएसंगै नगरपालिकाले सचेतनामूलक कार्यक्रम संचार माध्यमबाट प्रसारण गरेको अवस्था छ अहिले । हाम्रोमा एक जना मात्र कोरोना संक्रमित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा केही समस्या देखा परेका कारण हामीले धौलागिरी अस्पताल पठाएका छौ । हामीले सकेसम्म सबै उपचार यही गर्ने गरेका छौ । तर, बिरामीलाई केही असहज महुशुस भएमा धौलागिरी अस्पताल रिफर गरिन्छ ।

नगरपालिकामा विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टिनका लागि १० दिन अनिवार्य भनिएको छ । १० दिनमा कुनै पनि लक्षण देखा परेमा स्वास्थ्य शाखालाई जानकारी गराउन अनुरोध समेत गरिएको छ । नगरमा प्रवेश गर्ने मानिसहरुमा निगरानी गरिएको अवस्था पनि छ । हाम्रो नगरका प्राइभेट विद्यालयले निर्णय गरेर हिजोदेखि विद्यालय बन्द गरेको अवस्था छ भने अन्य विद्यालयको पनि बैंठक भइराखेको छ के हुने भन्ने आज निर्णय आउन सक्दछ ।

हामीहरुले हिजोको दिनमा पनि विद्यालयमा क्वारेन्टिन निर्माण गरेर मानिसहरु राखेको अवस्था थियो । तर, त्यो निकै कठीन भएको हामीले महुशुस गरेका थियौ । त्यसकारणले अहिलेको अवस्थामा हामीहरुले होम क्वारेन्टिनको अवधारणा छ र त्यसलाई नै व्यवस्थित बनाउन सक्रिय छौ । गल्कोट नगरपालिकामा पीसीआरको लागि सबै सामाग्रीहरु उपलब्ध छ । कुनै पनि मानिसहरुलाई कोरोनाको लक्षण देखा परेमा हामीहरुले तुुरुन्तै पीसीआर गरेको अवस्था पनि छ । कोरोना जोखिम भएर पहिला पनि हामीहरुले सजगता अपनाएर अगाडि बढेका थियौ र अहिले पनि सोही अनुसार अगाडि बढ्ने योजना छ । अहिले थप जोखिम भएको अवस्था हामीले महुशुस गरेका छौ । यो अवस्थामा हामी स्वास्थ्यकर्मी, सरकारी निकायले मात्र नभएर स्वंयम् नागरिक पनि सचेत, सजग हुनुपर्ने अवस्था आएको छ ।

घनश्याम शर्मा
स्वास्थ्य शाखा प्रमुख
ढोरपाटन नगरपालिका
कोरोना महामारीलाई रोकथाम गर्नका लागि ढोरपाटन नगरपालिकाले योजना बनाउनका लागि बैंठक बस्ने तयारी गरिराखेको छ । अहिले सम्म कोरोनाबाट बच्न सचेतनामूलक कार्यक्रम गरेको अवस्था छ नगरले । बजारमा भिडभाड गर्न रोक लगाइएको अवस्था छ । माक्स,सेनिटाइजर अनिवार्य प्रयोगका लागि पटक पटक जानकारी गराएको अवस्था छ । तर, मानिसहरु अहिलेको अवस्थामा सजग नभएको हामीले महुशुस गरेका छौ । पटक–पटक अनुरोध गरेको अवस्था भएता पनि मानिसहरुले लापरबाही गरिराख्नु भएको छ । अहिलेको अवस्थामा झन सजग हुनुपर्नेमा मानिसहरु लापरबाही भएको हामीले महुशुस गरेका छौ ।

ढोरपाटन नगरपालिकामा अहिले कोही पनि संक्रमित हुनुहुन्न । अहिले हामीहरुले कोरोना परीक्षण गरेका छैनौ । विद्यालयहरु हिजोबाट २१ गते सम्म बन्द गर्ने निर्णय भएको छ । र थप गर्नु परेमा पुनः बैठक बसेर निर्णय गरिने छ । ढोरपाटन नगरपालिकाले अहिले सम्म अन्य योजना नबनाएको र लगत्तै बैंठक बसेर योजना बनाउने तयारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *