कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन थालेपछि सहकारी संस्थाहरुले तरलता अभावलाई न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । योजना बनाउदा बनाउदै पनि आफ्ना सदस्यहरुले मागेको समयमा कर्जा लगानी भने गर्न सकिरहेको अवस्था छैन । विद्यमान तरलता अवस्थामा सहकारीहरुले कसरी काम गरिरका छन् ? यस विषयमा कास्की जिल्लाको पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीसँग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानी
वित्तिय क्षेत्रमा तरलताको समस्या पेचिलो बन्दै गएको छ, तपाइको सहकारी संस्थामा अहिले तरलताको समस्या छ छैन, छ भने कस्तो अवस्थामा छ ?
अवश्य पनि हालको अवस्थामा वित्तिय क्षेत्रमा तरलता कम हँुदै गईरहेको अवस्था छ । यसो हुनुमा सरकारी खर्च कम हुनु, अस्वस्थ बैंकिङ्ग प्रतिस्पर्धा बढ्नु तथा लगानीमा भइरहेको पैसाहरुको राम्रो रिपेमेन्ट (नियमित किस्ता भुक्तानी हुन नसक्ने अवस्था) हुन नसकेको कारणले हो । यो एक संस्था विषेशलाई भन्दा पनि समग्र आर्थिक क्रियाकलाप गर्ने, वित्तिय कारोवार हुने सबै क्षेत्रमा देखिएको समस्या भएकोले पक्कै पनि हामि पनि यसबाट अछुतो रहने कुरा भएन । यस कारण न्यूनतम हुनुपर्ने भन्दा केहि माथि तर घट्दो क्रममा लगानी योग्य रकम रहेको अवस्था तितो यथार्थ स्वीकार्नै पर्ने अवस्था छ । हाम्रो सहकारी संस्थामा पनि तरलताको समस्या देखिन लागेको छ । बैंक तथा वित्तिय संस्थाहरु र सहकारी संस्थाहरुको व्याजदर बराबर जस्तै भएको कारण सहकारीबाट बैंकमा बचत सर्ने क्रम बढेको छ ।
स्वीकृत भइसकेको ऋण दिनै नसक्ने र नयाँ ऋणको आवेदन पनि लिन नसक्ने अवस्थामा वित्तिय संस्थाहरु पुगेका छन् भन्ने चर्चा छ । के यो सत्य हो ?
यो सत्य हो । वित्तिय संस्थामा तरलताको अभावले कर्जा लगानी गर्न सक्ने अवस्था छैन् । हामीले पहिलेनै स्वीकृत भएको कर्जा मिलाएर दिएका छौ । तर नयाँ कर्जाको आवेदन भने लिन सकेको अवस्था छैन् । अहिले निक्षेप फिर्ता बाहेक कुनै पनि कर्जा लगानी गर्न नसक्ने अवस्थामा सहकारी संस्थाहरु पुगेका छन् । बैंकले सहकारीमा भन्दा बढी व्याज दिएर पैसा राखेको छ । अहिले सहकारीमा बचत फिर्ता धेरै भएको छ । हेरौ अस्ति मात्र विभागले सन्दर्भ व्याज बढाएको छ । यो समयमा सन्दर्भ व्याज बढाउनु भात्र समस्याको समाधान नभएर आगामी दिनमा सहकारीले कस्तो खालको कदम चाल्ने भनेर पनि सहकारी कर्मीलाई बाटो देखाउने काम सहकारीका छाता संगठनले गर्नुपर्न अहिलेको आवश्यकता रहेको छ ।
बढ्दो तरलता अभावको अवस्थाबाट संस्थालाई सामान्य अवस्थामा ल्याउन कस्तो रणनीति बनाउँनु भएको छ ?
अहिलेको अवस्थामा फरक तरिकाले सोच्नुपर्ने भएकाले हाललाई सबै किसिमका कर्जा लगानी बन्द गरेका छौ । विशेष गरि अहिले कर्जा असुलिलाई प्राथामिकतामा राखेर अहिले सबै कर्मचारी कर्जा अशुलिमा लागेका छौ । सदस्यलाई बचत गर्नका लागि आग्रह गरेका छौ । सदस्यलाई दीर्घकालिन बचतको बारेका जानकारी गराएर दीर्घकालीन बचत बढाउने रणनितीहरु बनाएर अगाडी बढेका छौ ।
तरलता समस्यासँगै वित्तिय संस्थाहरुले ब्याजदर परिर्वतन गर्ने गरेको पाइन्छ, यसलाई कसरी लिनुहुन्छ, तपाईहरुले व्याजदरमा परिर्वतन गर्नुभएको छ की छैन ?
समय सापेक्ष र बजारको माग अनुसार व्याजदर परिमार्जन हुनुपर्छ । अहिले वित्तिय संस्थामा समस्या आएको छ । त्यस कारणले व्याजदर परिर्वतन गर्नु पर्दछ । यो सामान्य प्रक्रिया या नियम नै हो । हाम्रो संस्थामा पनि व्याजदर परिवर्तन गरिएको छ । संस्थाले आफ्नो अयकत या ँगलम हरेर आधार दरमा स्पेड रेट कायम गरेर व्याजदर तोक्न सक्दछ ।
अबको समधान के होला ?
स्वस्थ प्रतिस्पर्धा गरि दीर्घकालिन किसिमका बचत लिने तथा उल्पादन मूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने आदी ।