पछिल्लो समय सहकारी संस्थाहरुलाई नाफा केन्द्रित भएको, सदस्यप्रति उत्तरदायी नभएको भन्ने आरोप लाग्न थालेको छ । सहकारीले सहकारीका सिद्धान्त विपरित काम गरेको, समुदाय प्रतिको उत्तरदायित्व निर्वाह नगरेको, सहकारीको ऐन नियम र निर्देशनको पालना नगरेको आरोप लागि रहेको समयमा कास्कीको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफुलाई कसरी सदस्यप्रति केन्द्रित गरेर काम गरि रहेको छ ? भन्ने विषयमा आदर्शकर्मी साधना पन्तले सहकारीका अध्यक्षा निलराज आत्रेयसँग गरेको सहकारी संवादको सम्पादित अंश ।
सहकारीको शुरुवात कसरी गर्नु भयो, यसको प्रमुख उद्देश्य के थियो ?
सुरुवाती समयमा जयलक्ष्मी कृषि सहकारी संस्था स्थापना गरेर काम गरेका थियौ । २०७२ सालमा समाजमा रहेका मानिसहरुलाई संगठित गरेर उनीहरुकै पैसा जम्मा गर्ने र उनीहरुमै लगानी गर्ने उदेश्यका साथ स्थापना गरेका हौ । हामीले सहकारीको उद्देश्य अनुसार कृषिका लागि चाहिने मल, बिउ बिजन, तरकारीहरु लगायतको सस्तो कृषि पसल संचालन गरेका थियौ । सदस्यले उत्पादन गरेका तरकारीहरु पनि हामीले खरिद गरेर विक्रि वितरण गरेका थियौ ।
हामीले कृषि सहकारी स्थापना गरेका कारणले संस्थाको उद्देश्य अनुसार र सहकारी ऐन नियमअनुसार काम गर्न कठिन भएपछि २०७६ सालमा जयलक्ष्मी बचत तथा ऋण सहकारी भनेर विषय परिर्वत गरि काम अगाडी बढाएका हौ । हामीले त्यस पश्चात नियमित बचत तथा ऋणको कामहरु गरेर सदस्यलाई सेवा दिएका छौ ।
कृषि विषय हटाएर वचत तथा ऋण बनाउनुभयो, अहिले कस्तो छ त ?
संस्थाले लिएको लक्ष्य हासिल गर्नका लागि हामी संचालक समिति, कर्मचारीहरु निरन्तर लागि रहेका छौ । संस्थाको वार्षिक योजना निर्माण गरेर योजना अनुसार नै काम गरिरहेका छौ । संस्थाको प्रकृति अनुसारको काम गरेका छौ । सदस्यलाई प्राथमिकतामा राखेर सदस्यलाई नै सेवा दिइरहेका छौ । सदस्यलाई अफ्ट्यारो परेको समयमा संस्थाले तत्काल सहयोग गर्ने वातावरण निर्माण गरेका छौ । सदस्यमुखि कार्यक्रमहरु बनाएर विभिन्न तवरबाट सदस्य सामु हामी पुगेका छौ ।
योजना बनाएर काम गरेका छौ, भन्नुभयो, आगामी योजनाहरु कस्ता खालका छन् ?
हाम्रो संस्था स्थापनाकालमा कृषि सहकारी भएका कारणले लामाचौरको १९ नम्वर वडालाई मात्र कार्यक्षेत्र बनाएका थियौ भने अहिले हामी बचत तथा ऋणमा परिणत भएर काम गरेका छौ । संस्थाले अहिले द्रुत गतिमा कामहरु गरिरहेको छ । शुरुमा १ करोडबाट शुरु गरेको संस्थालाई सहकारी नीति अनुसार अन्य सहकारीहरुसंग एकीकरण गरेर अहिले ५० करोडमा पुगेको छ । हाम्रो सहकारीले आफैले ६० रोपनी जग्गा खरिद गरेको छ । त्यस जग्गामा अब संस्थाले कृषि गर्ने योजना बनाएको छ । सहकारीको पोखरा रानीपौवामा मुख्य कार्यालय र लामाचौरमा सेवाकेन्द्रबाट अहिले हाम्रा सदस्यलाई सेवा दिइरहेका छौ । हाम्रो सहकारीमा १७ जना कर्मचारी हुनुहुन्छ । हामीले सरकारको नियमानुसार उहाँहरुलाई सेवा सुविधा दिएर काम गराएका छौ । अहिले हामीसंग १५ सय शेयर सदस्य हुनुहुन्छ, हामीले ३९ करोड लगानी गरेका छौ । सदस्यलाई सहज रुपमा सस्तो ब्याजदर र कम सेवा शुल्क लिएर हामीले सदस्यलाई ऋण उपलब्ध गराएका छौ । आगामी दिनमा पनि सदस्यको आवश्यकतालाई मध्यनजर गरेर सदस्यमुखी सहकारी बनाउने उदेश्यका साथ हामीले काम गर्ने योजना बनाएका छौ ।
वित्तीय क्षेत्रमा तरलता संकट छ, हजुरहरुले कसरी व्यवस्थापन गर्नु भएको छ ?
वित्तीय क्षेत्रमा काम गर्दा धेरै खालका जोखिमसंग सामना गर्नु पर्दछ । त्यसकारणले वित्तीय क्षेत्रमा काम गर्नेले पूर्व तयारी गर्न जरुरी हुन्छ । हामीले पनि कोरोना महामारी आउन साथ विभिन्न खालका योजनाहरु बनाएर अगाडि बढेका थियौ । अहिले पनि हामीे लगानी गरेको कर्जालाई सके सम्म उठाउने, व्याज र किस्ता समयमा तिर्नका लागि सदस्यलाई अनुरोध गर्ने, बचत गर्नका लागि सदस्यलाई आग्रह गर्ने विभिन्न खालका खाताहरु संचालन गरेर अहिले हामीले तरलताको समस्यालाई समाधान गर्ने प्रयास गरेका छौ । अहिलेसम्म हाम्रोमा तरलताको समस्या देखा परेको भने छैन् ।
सहकारीको काम सदस्यको सन्तुष्टी भनिन्छ, कस्तो छ अवस्था ?
हो सहकारीको मुख्य सेवा सदस्यलाई हुनु पर्दछ । हाम्रो सहकारीले पनि सदस्यमा नै केन्द्रीत भएर काम गरेका छौ । सदस्य असन्तुष्ट भएको गुनासो हामीले सुनेका छैनौ । तर यो महासागर हो सधै राम्रो नै भन्नुहुन्छ भन्ने छैन् । हामी सेवा दिने कुरामा कहिलै कम्परमाइज गर्दैनौ । सदस्यलाई प्राथमिकतामा राखेर योजना बनाउने र त्यही योजना अनुसार कामहरु गर्ने गर्दछौ । सदस्यसंग सधै सम्पर्कमा रहन्छौ । सदस्यहरुको दुख सुखमा सधै हामीहरु संगसंगै रहन्छौ । हामीेले सदस्यलाई राम्रो सेवा सुविधा दिएर सन्तुष्ट बनाउने प्रयास गरेका छौ ।
सहकारीहरु सदस्य केन्द्रीत भएनन् भन्ने पनि चर्चा चल्छ ? यहालाई के लाग्छ ?
सवै सहकारीले सदस्यको हितमा काम गरेका छन् भनेर म भन्न सक्दिन । हामीले हेर्दा बुझ्दा कतिपय सहकारीले नाफामुखी भएर काम गरेको पाउछौ । तर, सहकारीको नीति नियममा रहेर काम गर्ने संस्थाले भने सदस्यको हितमा रहेर काम गरेको पाइन्छ । हामीले पनि सदस्य मुखि रहेर काम गरेका छौ । हामीले सन्दर्भ व्याजदर भन्दा कम व्याजदरमा सदस्यलाई कर्जा उपलब्ध गराएका छौ । किनकी हामीले सदस्यलाई व्यवसायमा स्थापित गर्न, आर्थिक रुपमा बलियो बनाउन र नेपालमै बसेर काम गर्ने वातवरण सृजना गर्नका लागि हामीले सदस्यको अवस्थालाई मध्यनगर गरेर काम गरेका हुन्छौ । सदस्य केन्द्रीत भएन भने सहकारीले सफलता प्राप्त गर्न सक्दैन, त्यसैले सबै सहकारीहरुले सदस्य केन्द्रीत भएर काम गर्नु पर्छ ।
सदस्यसंगै समुदायप्रति पनि सहकारीले ध्यान दिनु पर्छ ? कस्तो छ अवस्था ?
समुदायप्रति चासो भन्ने सिद्धान्तलाई सहकारीले चासो राखेर कामहरु गरेका छन् । समुदायका हरेक गतिविधिका संलग्न रहेर सहकारीले आफ्नो भुमिका निर्वाह गरेका हुन्छन् । हाम्रो सहकारीले पनि शिक्षा, स्वास्थ्य लगायत समुदायको आवश्यकताका क्षेत्रमा आर्थक रुपमा सहयोग गर्दै आएको छ । हाम्रो सहकारीले आफ्नो वार्षिकोत्वसको अवसर पारेर हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । भुकम्प पीडित, बाढी पीडित र शिक्षाबाट बञ्चित बालबालिकालाई, स्वास्थ्य समस्या भएका मानिसहरुलाई धेरै थोरै रुपमा हाम्रो सहकारीले सहयोग गर्दै आइरहेको छ ।
सहकारीहरु बढी नाफामा केन्द्रीत भए भन्ने आरोप ठिक हो ?
आर्थिक वर्षको अन्त्यमा बजारमा हल्ला चल्न थाल्छ कुन सहकारीले कति प्रतिशत नाफा दियो भनेर । सहकारीले आफ्ना शेयर सदस्यलाई नाफा भन्दा पनि सेवामा सन्तुष्ट गराउन सक्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । बैंक भन्दा सहकारीमा सेवा धेरै हुन्छ र सहकारीमा सानो सानो पूँजि जम्मा गर्दा ठूलो पूँजि हुन्छ भनेर आफ्ना सदस्यलाई बचत गर्ने बानिको बिकास गराउने र सहकारी के हो भनेर बुझाउन सक्ने हो भने सहकारी नाफामा केन्द्रित हुनु पर्दछ भन्ने मलाई लाग्दैन् । हामीले देख्न सक्दछौ सहकारी सहकारी बिच अस्वस्थ प्रतिस्पर्धा छ । व्यक्तिव्यक्तिबीच मात्र सहकार्य भन्ने होइन अब सहकारी सहकारी बिच पनि सहकार्य जरुरी छ ।
हाम्रो सहकारीले सेवा सहितको नाफा दिनमा हरदम प्रयास गरेको छ । आर्थिक सेवामात्र नभएर हामीले हाम्रा सदस्यलाई सहकारी शिक्षामार्फत शिक्षित गराउने, महिला सशक्तिकरणको तालिम, महिलालाई स्वास्थ्य सम्वन्धी तालिम, पर्यटन प्रवद्र्धनको लागि अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु आयोजना गरेर हामीले सेवादिएका छौ ।
सहकारीहरु ऐन निमय र निर्देशनको पालना गर्दैनन् भन्ने आरोपलाई कसरी लिनु हुन्छ ?
हामी सहकारी संचालन गर्ने मानिसहरुले सहकारीको ऐनमा रहेर नीति नियममा रहेर काम गर्नुपर्दछ भन्ने मेरो मान्यता होे र अधिकांश सहकारीकर्मीको मान्यता पनि त्यही हो । किनभने कुनै पनि संस्था संचालन गर्नका लागि ऐनको अधिनमा रही नीति कार्यविधि बनाएर काम गरिएन भने पारर्दशिता हुदैन् । तर, कतिपय सहकारीहरुले नितान्त नाफाका लागि मात्र सहकारी संचालन गरेको पाइन्छ । सहकारीको ऐन विपरित व्याजदर राख्ने, गैर शेयर सदस्यसंग कारोबार गर्ने जस्ता प्रवृति पनि देखिन्छ । यस्ता खालका समस्या सामधान गर्नका लागि सरकार र सम्वन्धीत निकाय कडा रुपमा प्रस्तुत हुने र मानिसहरु पनि कुन सहकारी राम्रो छ नियम संगत रुपमा अगाडी बढेको छ भनेर बुझेर मात्र कारोबार गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।
समृद्ध समाजनिर्माणमा सहकारीको थप भूमिका कसरी बढाउन सकिन्छ ?
समृद्ध समाज निमार्णमा सहकारीले सहि रुपमाकाम गर्ने हो भने समृद्ध समाज निमार्ण गर्न साचिक्कै राम्रो हुन्छ । किनभने सहकारीमा समाजका सवै खालकामानिसहरु आवद्ध हुन्छन् । न्यूनवर्गिय मानिसलाई आर्थिक रुपमा सवलबनाउनकालागि सहकारीले महत्वपुण भूमिकानिर्वाह गर्न सक्दछ । आर्थिक रुपमामात्रनभएर विभिन्नखालकाकार्यक्रमलिएर सिपसिकाउन सक्दछ । सिपभएकामानिसलाई आर्थिक रुप्मा सहयोग गरेर उनीहरुले केहीव्यवसाय गर्न सक्दछन्, शिक्षामालगानी गर्न सकिन्छ, स्वास्थयमा गर्न सकिन्छ ।मानिसको जिवन स्तर उकास्नकालागिजयलक्ष्मी सहकारीले धेरै काम गरेको छ र समृद्ध समाजनिर्माणको लागि सहकारीले महत्वपुण भूमिकानिर्वाह गर्न सक्दछ ।