‘अप्ठ्यारोमा ब्याजदर परिमार्जन हुनुपर्छ तर ब्याजदर वृद्धि तरलता अभावको समाधान होइन’

१. वित्तिय क्षेत्रमा तरलताको समस्या अझै लम्बिने जस्तो देखिन्छ, तपाईको सहकारीमा कसरी व्यवस्थापन गर्नु भएको छ ?
देशभरका बैड्ढ तथा वित्तिय संस्थाहरुमा देखिएको आर्थिक संकट अर्थात तरलता समस्यामा हामी पनि अछुतोे रहन भने सकेनौ । विगत केही महिना देखि वित्तीय क्षेत्रमा तरलताको समस्या ह्वात्तै बढेको छ । हामीले हाम्रा शेयर सदस्यहरुको निकट रहेर विभिन्न कामहरु ग्रिरहेका छौ , जसले गर्दा पनि हाम्रो संस्थामा तरलताको त्यति ठुलो समस्या भने छैन ।

बैड्ढहरुले आफ्ना संस्थाहरुमा देखिएको तरलता समस्या समाधानका लागि तथा सहकारीमा संकलित पैसा लाई आफ्नो संस्थामा लैजानका लागि अस्वस्थ व्याजदरमा प्रतिस्पर्धा गर्दा बैड्ढ र सहकारीको व्याजदर समानान्तर हुनगई सहकारीमा तरलता समस्या देखिएको छ ।तर पनि हामीले हाम्रा शेयर सदस्यहरुलाई दिने सेवामा कुनै कमी गरेका छैनौ । र कर्जा लगानी गर्दा समेत १५.०० % भन्दा माथि नै तरलता व्यवस्थापन गरेर गर्ने गरेका छौ ।

२. स्वीकृत भएका कर्जाका फाइल रोकिए, नयाँ कर्जा लगानी गर्न गाह्रो छ भनिन्छ ? के सत्य हो ?
पक्कै पनि बजारमा तरलता को समस्या उत्पन्न हुदाँ कर्जा लगानीमा गाह्रो अवस्था सृजना हुनु स्वभाविक नै हो । हामीले तरलता समस्या हुनुभन्दा अगाडि नै स्वीकृत गरेका कर्जाहरुलाई भुक्तानी गरेका छौ भने त्यसपछि आउने कर्जा माग रकमलाई शेयर सदस्यहरुको प्राथमिकता आधारमा साना कर्जाहरु प्रभाव गरिरहेका छौ । समग्र वित्तीय प्रणाली नै कमजोर भएको अवस्थामा कर्जा लगानी भन्दा पनि तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने आजको आवश्यकता हो ।

३.तरलताको व्यवस्थापनका लागि कस्तो रणनीति अपनाउन सकिन्छ ?
अहिले को अवस्थामा देशको अर्थतन्त्र कुन अवस्थामा पुग्छ र वित्तीय क्षेत्रमा यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा यसै भन्न सक्ने अवस्थामा छैन । यहाले भने जस्तै तरलताको समस्या अझै बढेर जाने देखिन्छ ।त्यसैले हामीले हाम्रा प्रत्येक शेयर सदस्यहरुको घरदैलोमा पुगि सहकारी सम्बन्धी जानकारी दिदै बचतका लागि आग्रह गर्ने गरेका छौ । कर्जा लगानीमा भन्दा पनि पुराना कर्जा अशुली कार्यमा लागि परेका छौ । सहकारी सदस्य केन्द्रीत हुने हुदा सदस्यहरुको दिर्घकालिन उन्नति का लागि रणनितिक योजना सहित अघि बढेका छौ ।

४.तरलता संकटसंगै ब्याजदर ह्वात्तै बढेका छ, यसको समाधान ब्याज वृद्धि नै हो त ?
बजारमा देखा पर्ने उतारचढावका आधारमा व्याजदर परिमार्जन हुनुपर्छ तर व्याज वृद्घि तरलता समस्याको समाधान भने होईन । बैड्ढमा भएको व्याज वृद्घिदर का कारण सहकारी को बचत फिर्ता भई बैड्ढमा जम्मा हुन पुगेको छ ।सहकारीमा रहेको बचत सहकारीमै राख्ने बातावरण सृजना गर्नका लागि भए पनि हालको व्याजदरमा परिर्वतन गर्नू अतिनै आवश्यक छ र हामीले पनि समय सापेक्ष व्याजदर परिमार्जन गरेका छौ । तरलता समस्या समाधानका लागि सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उत्पादनमुखि क्षेत्रमा अगाडी बढाउने,आयआर्जनका काममा लगाउने, र शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने कार्यतर्फ सोच्नुपर्छ ।

५.अहिले बजारमा देखिएको समस्याको समाधान के हो त ?
वित्तीय संस्थाहरुमा तरलताको समस्या जटिल बन्दै गईरहेको छ । सम्बन्धीत नियमन निकायहरुले व्याजदरमा भएको अस्वस्थ प्रतिस्पर्दा लाई रोक्नुपर्छ ।विशेष गरि सहकारी क्षेत्रमा यसले ठुलो असर परेको छ । सहकारी विभाग ले सहकारी क्षेत्रमा लागु गरेको सन्दर्भ व्याजदर भन्दा माथि जान नमिल्ने प्रावधान जस्तै बैङ्किङ्ख क्षेत्रमा समेत नेपाल राष्ट्र बैड्ढले अङ्कुस लगाउनु आवश्यक छ ।सहकारीका सदस्यहरुलाई सहकारी प्रति विश्वास दिलाउन आवश्यक छ । यस विषम परिस्थीतिमा सहकारीका छाता संगठन तथा सघंहरुले सहकारी सहकारी विच सल्लाह एवं संबाद गरि तरलताको अभाव हुन नदिनका लागि विभिन्न रणनितिक योजनाहरु बनाउने,विभिन्न तालिमहरुको आयोजना गर्ने कार्य गर्नु जरुरी छ । सहकारीमा देखिने तरलता समस्या समाधान का लागि एक घर एक सहकारीकर्मी वा सहकारी अभियान्ता बनाउन सकेमा सहकारी क्षेत्रमा तरलता समस्या केही हद सम्म कम हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *