आदर्श उद्यमी संवाद : व्यवसायमा समस्या आउछ, सफल हुन धैर्यता र निरन्तरता चाहिन्छ

आदर्श अनलाइन, बागलुङ
व्यावसायिक सोच, इच्छाशक्ति, निरन्तरता र धर्याताका कारण मानिसहरु व्यवसायमा सफल हुँदै गएका छन् । व्यवसायिक जिवनमा आउने उताड–चडावलाई सहज रुपमा जस्ले लिन्छ उसैले व्यवसायिक जिवनमा सफलता प्राप्त गर्न सक्दछ ।

छिटो प्रतिफल कमाउने होडमा लगानी माटोमा लिाएको समेत थुप्रै उदाहरण छन् व्यवसायमा । तर निरन्तरता र लगनीशलताका कारण व्यवसायमा २६ वर्ष देखि जमेका व्यक्ति हुन् बागलुङ नगरपालिका–२ निवासी दयाराम पौडेल ।

२०५४ साल अघि बागलुङमा निर्माण सामाग्रीका पसलहरु नगन्य मात्रमा देखिन्थे । त्यसताका आधुनिक निर्माण सामाग्रीको समेत कम प्रयोग थियो । २०५४ सालमा दयाराम पौडेलले पर्वतको कुस्मा नगरपालिका–१ पाङ बाट आएर सृष्टि हार्डवयर स्थापना गर्दा बागलुङमा जम्मा पाँच हार्डवयर थिए ।

त्यसताकाको दुरदृष्टि र धर्यता अनि परिवारको व्यावसायिक प्रेरणाका कारण आफू २६ वर्ष देखि व्यवसायमा आबद्ध रहेको पौडेलको अनुभव छ । “हाम्रो परिवार नै व्यवसायीक सोच भएको परिवार हो, पाङबाट बागलुङ आएर धेरै मानिसहरु व्यवसायमा जमेका समेत छन्, कुनैबेला नाफा होला त कुनै बेला घाटा तर व्यवसायमा निरन्तरता चाहिन्छ” पौडेलले भन्नुभयो “अहिले बागलुङमा अनगिन्ति हार्डवयर पसल छन्, अस्वस्थ प्रतिस्प्रधा भइरहेको छ, तर यसको प्रभाव नयाँ व्यवसायीलाई बढी पर्ने देखिन्छ, लगानी वृद्धि, बैंकको ऋण र व्याजको समस्यामा अधिकांश नयाँ व्यवसायी परेका छन्, पुराना व्यवसायी जस्ले पूँजी स्थापना गरीसके उनिहरुलाई कोरोनाका कारण केही समस्या भयो, अहिले पनि होला तर तुलनात्मक हिसाबले कम छ ।”

कोरोनाकालबाट गुज्रियएको व्यवसायलाई अहिलेको आर्थिक समस्या र व्याज वृद्धिका कारण झनै समस्यामा परेको देखिन्छ । ५१ वर्षीय पौडेलको हार्डवयर व्यवसायमा जम्नका लागि थुप्रै कठनाई भोग्नुपरेको अनुभव समेत छ । व्यवसायिक सफलताका लागि थुप्रै समस्यासंग जुध्न सक्नुपर्ने र समस्यासंग हार खाने व्यक्ति कहिलै सफलतामा नपुग्ने भन्दै धर्यता र निरन्तरता नै व्यवसायीक सफलताको मन्त्र रहेको पौडेलको बुझाई छ ।

आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकारसमेत रहनुभएका सफल हार्डवयर व्यावसायी पौडेल बागलुङ उद्योग वाणिज्यसंघका पूर्व महासचिव समेत भइसक्नुभएको छ । व्यवसायीको हक हितका लागि समेत विभिन्न संघ तथा संस्थामा आवद्ध हुनुभएका पौडेलले व्यवसाय सफल हुनका लागि निरन्तरता संगै हिसाब किताब राख्ने, नाफा घाटाको रेकर्ड राख्ने तथा उदारो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुयभो । व्यवसाय शुरु गर्नुपूर्व व्यवसायको भविश्यका विषयमा समेत अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउदै पौडेलले धेरै व्यवसाय हिसाव किताव राम्रो नराख्दा डुबेको सुनाउनुभयो । उहाँले अर्काको व्यवसाय देखेर सिको गर्न नहुँने भन्दै अन्तरआत्मदेखिनै व्यवसायिक क्षेत्रमा नविनतम सोच ल्याउन आवश्यक रहेको बताउनुभयो ।

पौडेलले २०५४ सालमा २० लाख लगानी गरेर हार्डवयर पसल सञ्चालनमा ल्याउनुभएका थियो । “व्यवसाय एकनासको हुँदैन, कहिले घाटा त कहिले नाफा हुन्छ, तर व्यवसाय गर्नु पुर्व अध्ययन गर्न आवश्यक छ, हचुवाको भरमा गरेको व्यवसाय दीर्घकालिन हुँदैन, भविश्यको सुनिश्चितता अध्ययन गर्न आवश्यक छ” पौडेलले भन्नुभयो “आजको समयमा समग्र व्यवसायीहरु तीन कारणले समस्या ग्रस्त बनेका छन्, जुन चर्को व्याज, उदारो र अस्वस्थ प्रतिस्प्रधा हो ।”

पौडेलले उद्योग वाणिज्यसंघको महासचिवको कार्यकालमा व्यवसायिक हक हितका लागि थुप्रै काम समेत गर्नुभएको थियो । “अहिलेको समयमा आर्थिक संकट छ तर व्यवसायीहरुमा धैर्यता चाहिन्छ तर यो भन्दैमा बैंकको ऋण तथा व्याज तिर्न कठिनै छ ।” तर व्यवसाय शुरु गर्दा शत प्रतिशत ऋणबाट शुरु गर्न नहुँने पौडेलको सुझाव छ । अहिलेका व्यवसायीलाई उदारो नउठ्ने समस्या देखिएको बताउदै पौडेलले व्यवसायमा धेरै सोच विचार गर्न आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *