गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी दिने

आदर्श अनलाईन, कतार ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ बिश्व सम्मेलनको सरगर्मी बढेको छ ।

यतिखेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे सगै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी क्यानडा निवासी प्रमिला बस्नेत आशन्न महाधिवेशनमा महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै आएकी बस्नेत महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेकी छिन् । बस्नेतले क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै आइरहेकी छिन ।

नेपालमा भक्तपुर जिल्लामा जन्मिएकी बस्नेतले नेपालमा रहदा समेत विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै समाज सेवा प्रतिको लगाब लाई निरन्तरता दिदै अहिले पनि महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

गैरआवासिय नेपाली संघको अभियानमा महिलाहरुको सहभागीता बढाउदै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली महिलाहरुको सामाजिक स्तर वृद्धि गर्दै संस्थागत विकास र गतिशील बनाउदै जानू पर्नेमा जोड दिने बताएकी छन् ।

बस्नेतले युरोप अमेरिका लगायत खाडी देशहरुमा कार्यरत महिलाहरुको समस्या पहिचान गर्दै समाधानमा जोड दिने बताउदै बिशेषत महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन आफू लागी पर्ने बताएकी छन् । उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ मार्फत प्रबासमा बस्ने महिलाहरुको श्रम सीप र क्षमता लाई नेपालको समुन्नतिको अभियान अगाडी बढाउनमा जोड दिएकी छिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *